अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

अमेरिका आवद्ध हवाई आमक्रणमा ८४ सर्वसाधारण मारिए

बिआरटीनेपाल २०७४ असोज ९ गते २०:५५ मा प्रकाशित

इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आबद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन्. । मारिएका यी ८४ व्यक्तिमा दर्जनाँैको सङ्ख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ (एचआरडब्लू) ले जानकारी दिएको छ ।

यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठुलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी दिएको छ । यस आक्रमणमा परी विद्यालयमा शरणार्थीकै रूपमा रहेका दर्जनौँ सर्वसाधारण मारिएका छन् । अमेरिका आबद्ध संयुक्त सेनाले यस इलाकामा सर्वसाधारण नागरिक भएको थाहा नभएको जानकारी दिएका छन् ।

एचआरडब्लूका अनुसार गत मार्च २० मा भएको मानसोउराहस्थित एक विद्यालयमा भएको हवाई आक्रमणमा १६ बालबालिकासहित ४० व्यक्तिको मृत्यु भएको थियो । त्यसै गरी तब्का बजार नजिकै मार्च २२ मा भएको अर्को एक आक्रमणमा १४ बालबालिकासहित ४४ व्यक्तिको मृत्यु भएको थियो ।

अमेरिका आबद्ध संयुक्त सेनाले सन् २०१४ को सेप्टेम्बरबाट सिरियामा हवाई आक्रमण सुरु गरेको छ । सिरिया र इराकमा सन् २०१४ देखि गत अगस्तसम्म अमेरिका आबद्ध संयुक्त सेनाले गरेको आतंककारी लक्षित हवाई आक्रमणमा परी कम्तीमा ६२४ जना सर्वसाधारण मारिएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारको विरोध गर्दै सुरु जनआन्दोलन थालिएको थियो । त्यस जनआन्दोलनले पछि गृहयुद्धको रूप लिएको हो । हाल सम्म यहाँ ३ लाख ३० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यस गृहयुद्ध अलकायदा र इस्लामिक स्टेट्स जस्ता आतंककारी समूहहरू हाबी हँुदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू