अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

चलचित्र चर्खाको ‘घन घन मादल घन्कियो’ गीत सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज ६ गते १४:२५ मा प्रकाशित

हेटौडाका युवा ब्यबसायिहरुको समुह मिलेर निर्माण गरीएको चलचित्र चर्खामा समाबेश घन घन मादल घनकीयो बोलको  भिडियो गीत सार्बजनिक गरीएको छ । हाईलाईटस नेपालले  शुक्रबार युटयब मार्फत यो गीतलाई सार्बजनिक गरेको हो । सार्बजनिक गीत नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीको रहेको छ । मकवनपुरको बिभिन्न रमणीय स्थलहरुमा छायाकन गरीएको यो गीतलाई दिब्य सुबेदीले क्यामरा चलाएकाछन भने कबिराज गहतराजले कोरीयोग्राफ गरेका छन ।

बिकाश चौधरीको संगीत रहेको यो गीतलाई चलचित्रका निर्देशक गोबिन्द गौतमले लेखेका हुन । सार्बजनिक गीतमा रामचन्द्र काफले र जुनु रिजालको संयुक्त स्वर रहेको छ । अर्जुन जिसिको सम्पादन रहेको यो गीतको भिडियोमा चालीस जना पुरुष र चालीस जना महिलाहरुको जम्बो नृत्यगंनाहरु सगैं नायक दीलीप रायमाझी र गायिका जुनु रिजालको जोडीलाई  फिचरीग गरीएको छ ।  चलचित्रमा निर्जन थापा,सुशान्त कार्की,सुरबिना कार्की,रजनि केशी,जुनु रिजाल,दिलिप रायमाझी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

संजिता फिल्मसको पहिलो प्रस्तुतीका रुपमा निर्माण भएको यो चलचित्रलाई  मकवानपुर र सिक्कमका रमणिए दृशयहरुमा छायॉकन गरीएको निर्देशक गौतमले बताएकाछन । यो चलचित्र मार्फत हेटौडाका युवा ब्यबसायीहरु सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केशी चलचित्र क्षेत्रमा लगानीका रुपमा भित्रीएकाछन ।

चलचित्रका प्रस्तुतकर्ता गैर आबासिय नेपाली संघ बेल्जियमाका शहदेब गौतम रहेकाछन । गौतमले यस अघि थ्रि लर्बस,फन्को,भाग सानी भाग,हिरो रिर्टनस लगाएतका चलचित्रहरुमा लगानी गरीसकेकाछन । चलचित्रमा सहनिर्देशक अनमोल शर्मा,निर्माण ब्यबस्थापन ईश्वर घिमिरे,दवन्द निर्देशन रोशन श्रेष्ठ,नृत्य कबिराज गहतराजको रहेको छ । चलचित्रमा पारीबारीक कथाबस्तु हेर्न पाईने बताईएको छ । चलचित्रलाई निर्देशक गोबिन्द गौतमलेनै लेखेका हुन । चलचित्रको प्रर्दशन मिति भने सार्बजनिक गरीएको छैन ।

प्रतिक्रिया