अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

‘सिन्ड्रेला नेपाल’का प्रतियोगीले देखाए आफ्नो प्रतिभा

बिआरटीनेपाल २०७४ असोज २ गते ७:२८ मा प्रकाशित

‘सिन्ड्रेला नेपाल–२०१७’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाए । प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘सिन्ड्रेला नेपाल’ यस दोस्रो संस्रकणमा ९ देखि १३ वर्ष उमेर समूहका ३० किशोरी अन्तिम फाइनलका लागि प्रतिस्पर्धा गरिरहेका छन् । ‘ट्यालेन्ट शो’अन्तर्गत शनिबार बालकुमारीस्थित १९९९ एडीमा आयोजित कार्यक्रममा प्रतियोगीले आफूमा निहित कला प्रस्तुत गरेका हुन् ।

प्रतियोगीहरुले नृत्य, गायन, अभिनयलगायतका कलाका प्रस्तुत गरेका थिए । यस ‘ट्यालेन्ट शो’ का लागि गीतकार राम रेप्चुङ राई, अमर श्रेष्ठ, अमरज्योति रञ्जित, अधिवक्त लक्ष्मण महर्जन, उज्वलकृष्ण श्रेष्ठ, प्रदिप प्रधान, पत्रकार एमपी सुब्बालगायत निर्णायक थिए ।

मोडल विपना थापाको कोरियोग्राफी र सुदर्शन सुबेदीको इभेन्ट मेनेजमेन्ट रहेको प्रतियोगितामा सोनाक्षी पोखरेल, मारिया पौडेल, युनिशा लामिछाने, एञ्जेल क्षेत्री, क्रिष्टिना दाहाल, आभा श्रेष्ठ, शायुरी कडरिया, आरिया खड्का, नेन्सी गुप्ता, अनुष्का खड्का, समिरा तामाङ, सुदिता लिङ्देन, डोल्मा शेर्पा, श्रेस्मा प्रसाइँ, स्नेहा पौडेल, इशा शर्मा, स्प्रिया थापा, सुभान्सी पोखरेल र स्नेहा उप्रेती अन्तिम फाइनलका लागि स्पर्धा गरिरहेका छन् ।

त्यस्तै, श्रेश्न विष्ट, सामाना अर्याल, सरस्वती श्रेष्ठ, स्नेहा खत्री, सायाश्री सिवाकोटी, श्रीषा नकर्मी, प्रेरणा शेर्पा र कृपा सुबेदी प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक संस्था प्यासिफिक इभेन्ट मेनेजमेन्टका अध्यक्ष फुपु तेन्जिङ शेर्पाका अनुसार अन्तिम फाइनल आउँदो आउँदो ८ असोजमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रतिक्रिया