अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

माउन्ट एभरेस्टमाथि रुसको दाबी

बिआरटीनेपाल २०७४ भदौ २७ गते २:०७ मा प्रकाशित

प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ ।

तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा रुसको भएको दाबी गरेको छ ।

बेलायतस्थित रुसी दूतावासले ट्विटरमा नियमित पोस्ट गरिएका शुभ प्रभात अभिवादनहरुमध्ये को एउटामा उक्त आशयको तस्वीर पोस्ट गरिएको छ ।बेलायतस्थित रुसी दूतावासको उक्त मेटिइसकेको ट्विटमा माउन्ट एभरेस्टलाई रुसी भूभाग बताइएको छ ।

-यस ट्विटप्रति समाजिक सञ्जालमा धेरै नै प्रतिक्रिया आएका थिए ।
-उक्त दाबीलाई लिएर चीन र नेपालले मुद्दा उठाउन सक्नेमा धेरैले जोड दिए ।
-केहीले उक्त पोस्टबाट दूतावासले ध्यानाकर्षण गर्न चाहेको आरोप लगाएका छन् ।
-एक जनाले रुसका लागि सबैभन्दा अग्लो ककेसर पहाडी क्षेत्रमा पर्ने माउन्ट एल्ब्रुस र एभरेस्टमा प्रशासन झुक्किएको हुन सक्ने जनाएका छन् ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू