अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

‘एनआरएनए पोर्चुगल’मा आईसिसि सहित ५० जनाको उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७४ भदौ १८ गते १३:०८ मा प्रकाशित
गैर आवासीय नेपाली संघ,पोर्चुगलको आगामी २०१७-२०१९ कार्यकालका लागि करिव ५० जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी १० सेप्टेम्बर २०१७मा हुने गैर आवासिय नेपाली संघ,पोर्चुगलको छैठौ महाधिवेशनको संघारमा आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद देखि सदस्यसम्मको पदमा उक्त संख्याको उम्मेद्वारी दर्ता भएको कुरा गैर आवासीय नेपाली संघ,पोर्चुगलको निर्वाचन समितिले जानकारी दिएको छ ।
गैर आवासीय नेपाली संघको  बिधानत:कुनै पनि राष्ट्रिय समन्वय परिषदमा पंजीकृत सदस्य संख्याको आधारमा आइसीसी सदस्यका लागि कोटा तोकिएको छ जस अन्तर्गत १ हजार पंजीकृत सदस्य संख्यालाई १ जना आइसीसी सदस्य तोकिने ब्यबस्था भए अनुसार यस पटक पोर्चुगलको हकमा उक्त पंजीकृत सदस्य संख्या बढेर २,३४५ पुगेको छ जसले गर्दा एनसिसि पोर्चुगलबाट २ जना आइसीसी सदस्य जाने निश्चित भएको छ ।
गैर आवासीय नेपाली संघ,पोर्चुगलको आन्तरिक विधान अनुसार ३ जना उपाध्यक्ष मध्ये एक जना महिला उपाध्यक्ष अनिवार्य गरिएको छ भने अन्य सदस्य संख्या मनोनित गर्ने ब्यबस्था पनि रहेको छ  यसरि एनसिसि,पोर्चुगलमा अध्यक्ष सहित ३ उपाध्यक्ष,१ महासचिव ,१ सचिव,१ कोषाध्यक्ष,१ महिला संयोजक,१ युवा संयोजक,सहित अन्य ८  जना सदस्य सहित जम्मा १७ सदस्सीय कार्यसमिति (मनोनित बाहेक) पदमा करिव ५० जनाको उम्मेदवारी परेको छ ।
एनआरएनए,पोर्चुगलको इतिहासमा यति धेरै संख्यामा उम्मेदवारी परेको पहिलो पटक हो भने पहिलो पटक नै निर्वाचन हुने निश्चित प्राय भएको छ विगतमा गरिने सहमति र सहकार्यको प्रयासलाई निरन्तरता दीइएपनि सफल हुन् भने सकेन ।
कसको उम्मेदवारी कुन पदमा ?
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू