अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव सुरु

बिआरटीनेपाल २०७४ भदौ ११ गते २२:०९ मा प्रकाशित

न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव सुरु भएको छ । २३ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका फिप्नाले पहिलोपटक महोत्सव आयोजना गरेको हो । न्यूयोर्कको गुल्सन टेरेसमा सुरु महोत्सवले, नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्रा्ष्ट्रियकरण गर्नका लागि अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना गरिएको फिप्नाले जनाएको छ ।

फिप्नाका अध्यक्ष लुइसाङ वाइवा तामाङले, यो प्रथम एैतिहासिक महोत्सवले, आदिवासी साँस्कृति पहिचानका साथै नेपालको पर्यटनको प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । आदिवासी जनजातिको आन्दोलन नागरिक आन्दोलन भएको भन्दै उहाँले, चलचित्र मार्फत साँस्कृति अधिकारलाई सुनिश्चित गराउने विश्वास व्यक्त गर्नुभयो । अमेकिामा बसोबास गरिरहेका नेपालका आदिवासीहरूको सुचिकृत प्रमाणित दस्ताबेज महावाणिज्यदुवास मार्फत माग गर्दै उहाँले, अमेरिकामा आदिवासीहरुले पाइरहेको अधिकारलाई माइनोरिटी अधिकार मार्फत यहाँ बसोबास गर्ने नेपाली आदिवासी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । महोत्सवको उदघाटन सत्रमा बोल्दै महावाणिज्यदुत मधु मरासिनीले, जनजातिको सवालमा आफू सकारात्मक रहेको भन्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

महोत्सवका संयोजक मणि वाङदेलले, मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको अन्तर्रा्ष्ट्रियस्तरमा प्रबद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो । आदिवासी जनजातिको परम्परागत शैलीमा बनाइएका चलचित्रहरुको माध्यमबाट उनीहरूको परम्परा, भेषभुषा, भाषा, कला, संस्कृतिलाई जगेर्ना गर्ने सहयोग पुग्ने वाङदेलको भनाइ छ । यसैबिच, डेमोक्रेटिक पार्टीका प्रतिनिधि मेरी सिल्भरले, आदिवासीका सवालमा बनाइएका चलचित्रले संस्कृति जगेर्ना गरेको भन्दै महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै, फिप्नाका जातीय संस्थाका विभिन्न प्रतिनिधिहरूले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।महोत्सवको पहिलो दिन आज, मुगालको ‘फेके’, राई भाषाको पुवालो, नेवार भाषाको कल्ली, गुरुङ भाषाको ‘कर्म क्या’ प्रदर्शन गरियो । महोत्सवमा, सन २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको थियो । आज सुरु चलचित्र महोत्सव अगस्ट २७ सम्म तीन दिन चल्ने छ ।

महोत्सवमा चलचित्र र लघु चलचित्र गरी एघार चलचित्र प्रर्दशन गरिने छ । गुरुङ भाषाको ‘मैंरिमो, मगर भाषाको ‘लोम्बा, र नेवारी चलचित्र ‘कृषा गौतमी’ आज प्रर्दशन गरिने छ । त्यसै गरी, राई भाषाको ‘सुम्निमा, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही, र लिम्बु भाषाको ‘हेलुक्वा मुस्ताङी चलचित्र ‘शेरढाक’ भोलि आइतबार देखाइने छ । महोत्सवमा विभिन्न एघार वटा विधामा उत्कृष्ट हुनेलाई नगद पुरुस्कार र सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र दिइने छ । कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउनका लागि फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले फिप्नाका सबै जातीय सदस्य संस्थाहरू लगायत सबैलाई सहयोगका लागि अनुरोध गर्नुभएको छ । चलचित्र महासङ्घ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यु योर्क र नेपाल चलचित्र विकास बोर्ड विशेष सहयोगी संस्था रहने फिप्नाले जनाएको छ । कार्यक्रम पत्रकार तथा महोत्सव संयोजक मच्छे गुरुङले सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू