अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

को हुन् गुरु राम रहीम ?

बिआरटीनेपाल २०७४ भदौ ९ गते ८:४७ मा प्रकाशित

बलात्कारको मुद्दामा दोषी ठहरिएका गुरमीत राम रहीम सिंहका अनुयायी संसारभर दसौँ लाखको सङ्ख्यामा रहेको ठानिन्छ। शुक्रवार हरियाणाको पंचकुलास्थित एक अदालतले दुई जना महिलाको १५ वर्ष अघि भएको बलात्कारमा उनलाई दोषी ठहर गरेको छ। अदालतको फैसला लगत्तै त्यहाँ जम्मा भएका उनका समर्थकको भिडले हिंसात्मक प्रतिक्रिया दिएको थियो। डेरा सचा सौदाका प्रमुख गुरमीत राम रहीम सिंहको व्यक्तित्व अनौठो देखिन्छ।

गुरु दोषी भनिएपछि समर्थक भड्किए
उनी रंगीचंगी पोशाक लगाउँछन् अनि उनको छवि कुनै चर्चित रक गायकको जस्तो छ। उनले आधा दर्जन म्युजिक भिडियो बनाएका छन्। उनी नियमित रूपमा साङ्गीतिक समारोह ‘रक कन्सर्ट’हरुमा सहभागी हुन्छन् जसमा दसौँ हजार समर्थक भेला भएका हुन्छन्। डेरा सच्चा सौदाको वेबसाइटमा सो सङ्गठन मानवीय सेवा तथा परोपकारमा संलग्न सामाजिक कल्याण तथा धार्मिक सङ्गठन भनिएको छ।

सो सङ्गठनले विश्वभर पाँच करोड समर्थक रहेको दाबी गरेको छ। उसले बालिका, शिशु, भ्रुणहत्या विरुद्ध अनि यौनकार्यमा संलग्न महिलाको सुधारका लागि अभियान चलाएको जनाएको छ। साथै सो समूहले स्कुल तथा अस्पतालहरू सञ्चालन गरेको बताएको छ। पछिल्ला केही महिनामा डेरा प्रमुख विवादमा परेका थिए जब उनीमाथि आफ्ना चार सय समर्थकलाई ईश्वरसँग अझ निकट हुनका निम्ति नपुंसक बन्न बाध्य पारेको आरोप लाग्यो। त्यो बाहेक उनीमाथि हत्याका मुद्दापनि छन्। ती आरोपहरुको सो समूहका प्रवक्ताले खण्डन गरेका छन्।

मूलधारका शिख नेताहरूले आस्थालाई बेइज्जत र अपमान गरेको भन्दै उनको आलोचना गरेका छन्। स्थानीयस्तरको राजनीतिमा गुरमीत राम रहीम सिंहको उल्लेखनीय प्रभाव रहेको ठानिन्छ। उनका भक्तहरुले राम रहीम सिंहलाई लेखक, आविष्कारक, वैज्ञानिक, दार्शनिक, परोपकारी, शान्ति अभियानकर्ता तथा सबैभन्दा महान् मानवतावादी भन्ने गर्छन्।

गुरु बलात्कारी ठहर गरिएपछि ‘राम रहीम’का समर्थक आक्रोशित
भारतका एक नाम चलेका गुरू गुरमीत राम रहीम सिंहलाई हरियाणाको एक अदालतले दुई जना महिलाको १५ वर्ष अघि भएको बलात्कारमा दोषी पाएको छ। डेरा सच्चा सौदा समुदायका प्रमुख गुरमीत राम रहीम सिंहलाई उक्त अपराधका लागि सोमबार सजाय सुनाइनेछ। अदालतको फैसला लगत्तै त्यहाँ जम्मा भएका उनका समर्थकको भिडले हिंसात्मक प्रतिक्रिया जनाएको थियो । पञ्जाब तथा हरियाणाका कतिपय स्थानमा डेरा समर्थकहरुले हिंसा मच्चाएको खबर प्राप्त भएका छन्। बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू