अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

देउवाको भ्रमणबारे बोले ओली- देशको स्वाभिमानको धज्जी उडाएर भारतलाई खुसी पारे

बिआरटीनेपाल २०७४ भदौ ९ गते ७:३० मा प्रकाशित

काठमाडौँ, ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशको स्वाभिमानको धज्जी उडाएको बताएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैङ्कका जाने क्रममा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नयाँदिल्लीमा प्रम देउवाले भारतीय नेताहरुसामु दिएको अभिव्यक्ति र गतिविधि राष्ट्रिय स्वाभिमानविरुद्ध अत्यन्तै लज्जास्पद भएको प्रतिक्रिया दिए ।

प्रसङ्गविना प्रधानमन्त्रीले संविधान संशोधनको विषयमा बोल्नु भारतलाई खुसी पार्नका लागि भएको भन्दै ओलीले संविधान संशोधन पास गर्न नसकेकोमा भारतसमक्ष क्षमा याचना गरेर स्वाभिमानको धज्जी उडाएको बताए । ‘नेपालको गरिमाभन्दा बाहिर गएर राष्ट्रियता, संसद्को विषयमा आँच आउने अभिव्यक्ति, भारतलाई खुसी पार्न बोलिएको हुनसक्छ,’ ओलीले भने ।

बिहीबार हैदरावाद हाउसमा आयोजित नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग संविधान संशोधन गरेर सबै पक्षलाई समेट्ने प्रतिबद्धता जनाएपछि ओलीले विरोध गर्दै कडा प्रतिक्रिया दिएका हुन् । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू