अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

एनआरएन बेल्जियमको बरिष्ठ उपाध्यक्षमा कमल पन्थीको उम्मेद्वारी

बिआरटीनेपाल २०७४ भदौ २ गते ६:५२ मा प्रकाशित

      नेपाल को गुल्मी जिल्ला घर भई बिगत चौध बर्ष देखि बेल्जियमको ब्रुजमा बसोवास गर्दै आएका कमल पन्थी गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदबेल्जियमको छैठौं अधिवेशन अन्तर्गत आगामी ०३ सेप्टेम्वर हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष दमा आफ्नो उम्मेद्वारीको घोषणा गरेका छन् ।

    नेपालमा रहदा बिभिन्न पेशामा समलग्न पन्थी हाल बेल्जियमको प्रसिद्ध पर्यटकीय शहर ब्रुजमा आफ्नो व्यवसाय संचालन समेत गरेका छन् । बेल्जियममा बिभिन्न नेपाली संघ-संस्थामा आवद्ध भएर काम गरेको अनुभव रहेको उनले बताएका छन । जन्म देश नेपाल र बेल्जियम लाई कर्म थलो बनाएका पन्थी नेपालमा रहेका दिन दुखि, अनाथ, गरिव असहाय हरुको शिक्षा तथा स्वास्थ्य जस्तो परोपकारी क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

      गैर आवासीय नेपाली संघ बेल्जियम आगामी कार्यकालमा रहेर बेल्जियममा रहेका नेपाली हरु बीच आपसी भाईचारा सम्वन्ध स्थापित गर्दै नेपाल र नेपाली को कला,सस्कृति मार्फत नेपाललाई चिनाउने, बेल्जियममा रहेका नेपाली र तिनका सन्ततिले आफ्नो नेपाली भाषा संस्कृति जीवन्त राख्नु भन्ने अभिप्राय स्वरूप प्रत्येक शहरमा नेपाली भाषा स्कुल संचालन गर्न बिशेष पहल गरि संचालमा ल्याउने, नेपाल र नेपाली लाई भैपरि आउने सहयोग को लागी परोपकारी कोषको अभिवृद्धि गर्दै संथागत बिकाशमा सहयोग पुर्याउने, भर्खरै संघियतामा प्रवेश गरेको नेपाल को बिकाश र समृद्धि को लागी  नेपालका गाउँ तथा नगर पालिकाको  पूर्वाधार बिकासका निम्ति  बेल्जियमको नगरपालिका संग सम्वन्ध बिस्तार गरि प्राबिधिक  तथा अन्य सहयोग को लागी पहलकदम अगाडी बढाउने जस्ता योजना रहेको उनले बताएका छन् ।  साथै गैर आवासीय नेपाली संघ लाई साझा संस्थाको रुपमा बिकाश गरि सम्पूर्ण प्रवासमा रहेका नेपाली हरुको एउटै साझा चौतारीको रुपमा बिकाश गर्दै लैजाने मा समेत आफ्नो बिशेष जोड रहने बताएका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियम को छैठौ आधिवेसन गत १३ अगष्ट मा सम्पन्न भै सकेको छ भने २७५० पंजीकृत तथा साधारण सदस्य रहेको एनआरएन बेल्जियमको आगामी ०३ सेप्टेम्वरमा निर्वाचन तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू