अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

जनसम्पर्क समिति पोर्चुगलको क्षेत्रीय अधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन पौड्याल

बिआरटीनेपाल २०७४ साउन १७ गते २०:४३ मा प्रकाशित
नेपाली कांग्रेस सम्बद्द भात्री सस्थाको रुपमा स्थापित नेपाली जनसम्पर्क समिति,पोर्चुगलको अल्गार्भ क्षेत्रीय समितिको अधिवेशन  हालै सम्पन्न भएको छ ।
नेपाली जनसम्पर्क समिती,पोर्चुगलका केन्द्रिय अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा पूर्व क्षेत्रीय उपाध्यक्ष विष्णु शर्माको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनले बिपिन पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
विशेष अतिथि नेपाली कांग्रेस केन्द्रिय महासमिति सदस्य चिज कुमार तामाङ लगायत अन्य अतिथिका रुपमा उपस्थित रहेका  जनसम्पर्क समिति,पोर्चुगलका केन्द्रिय स्तरका नेताहरु महामन्त्री विनोद घिमिरे, कुबेर कार्की, सुरेन्द्र अमगाई,दामोदर सुबेदी,एन आर एन ए,पोर्चुगलका उपाध्यक्ष सुनिल संगम तथा एनआरएनए,क्षेत्रीय समिती अल्गार्भका अध्यक्ष अनिल शर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
उक्त क्षेत्रीय अधिवेशनको निर्वाचन समिती संयोजक तिलक प्रसाद गैरे रहेका थिए भने कार्यक्रम संचालन जनासमपर्क समिती अल्गार्भ क्षेत्रीय समितिका सचिव राजेन्द्र पौड्यालले गरेका थिए ।
केन्द्रिय स्तरका नेता त्रय लक्ष्मी प्रसाद सापकोटा,चिज कुमार तामाङ तथा विनोद घिमिरे  द्वारा नयाँ निर्वाचित कार्य समिती सदस्यहरुलाई संयुक्त टिका,खतक तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
केन्द्रिय समिती,पोर्चुगलको अधिवेशन भने केहि समयका लागि स्थगित गरिएको जनाइएको छ । उक्त अधिवेशनमा केन्द्रिय स्तरका नेताहरुले सम्वोधन गरेका थिए भने आशन्न गैर आवासीय नेपाली संघ,पोर्चुगलको छैठौँ महाधिवेशनमा पार्टिको तर्फबाट दरिलो उपस्थिति जनाउने कुरामा नेताहरुले जोड दिनुका साथै उपस्थित कार्यकर्ताहरुलाई सदस्यता बन्न अनुरोध समेत गरेका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू