अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

निर्माता अरुण खड्काले ‘फटाह फडिन्द्रे’ बनाउँदै

बिआरटीनेपाल २०७४ साउन १७ गते ९:५८ मा प्रकाशित

चलचित्र ‘फटाह फडिन्द्रे निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले आफ्नै अरुण फिल्मस् प्रोडक्सन प्रालीको ब्यानरबाट यो चलचित्र बनाउन लागेका हुन् । चलचित्र हिमाल उप्रेतीले निर्देशन गर्दैछन् । हिमालले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

हिमाल नेपाली चलचित्र क्षेत्रका सबैभन्दा ब्यस्त तथा राम्रो मुख्य सहायक निर्देशक हुन् । चलचित्र क्षेत्रबाट आफुले हासिल गरेको अनुभव ‘फटाह फडिन्द्रे मा खन्याउन लागेको हिमालले बताए । अहिले बनिरहेको भन्दा फरक तथा उत्कृष्ट चलचित्र बनाउने उनले दाबी गरे ।

चलचित्र निर्माणको बिषयमा निर्देशक हिमाल र निर्माता अरुण बिच सोमबार सम्झौता भएको छ । कालिकास्थान स्थित एक रेस्टुरेन्टमा सम्झौता भएको चलचित्र छायाँकन तिहार पछि सुरु हुनेछ ।

लेखन पनि हिमालकै रहेको चलचित्र लागि अहिले कलाकार छनौट भइरहेको निर्माता अरुणले बताए । केही चलेका र केही नयाँ कलाकार लिएर आफुले चलचित्र निर्माण गर्ने अरुणले सुनाए ।

चलचित्रको केही प्राबिधिक फाइन भएका छन्, भने केही हुन बाँकी छ । चलचित्रमा एक्सन रोशन श्रेष्ठले दिनेछन् भने छायाँकन हरि घले लामाको रहनेछ । चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो ।

तिम्रो लागि, पाठशाल लगायत केही चलचित्र निर्माण गरेका अरुणको यो महत्वकांक्षी प्रोजेट पनि हो । यस अगाडिको चलचित्रबाट चर्चा पाए पनि सोचेजस्तो ब्यवसाहिक लाभ लिन नसकेका अरुणले ‘फटाह फडिन्द्रे’ ब्यवसाहिक सफल चलचित्र बनाउने उदेश्यले निर्माण गर्न लागेको बताए ।

प्रतिक्रिया