अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

एनआरएनए पोर्चुगल महाधिवेशन:  अध्यक्ष केसी डिआरसीमा,  उपाध्यक्ष संगम अध्यक्षमा

बिआरटीनेपाल २०७४ साउन १५ गते ६:२५ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलको आसन्न छैठौ महाधिवेशनको मिति घोषणा भए लगत्तै एनआरएनए ,पोर्चुगलको नेतृत्व कसले गर्ला भन्ने जिज्ञासा र चासो आम पोर्चुगलवासी तथा पोर्चुगल बाहिरका नेपाली समुदायमा एकाएक बढेर गएको छ । गैह्र आवासीय नेपाली सङ्घ,पोर्चुगलको छैठौ महादिवेशन आगामी २०१७ सेप्टेम्बर १० तारिक राजधानी लिस्वनमा गर्ने घोषणा गरिएको छ ।

एनआरएनए,पोर्चुगलको अध्यक्षको जिम्मा पाए देखि आफूले पोर्चुगलका नेपाली समुदाय बिच एकताका लागि हरदम प्रयास गर्नुका साथै नेपाली कम्यूनिटीका बारेमा पोर्तुगिज उच्च अधिकारी लगायत पोर्चुगलका उच्च राजनीतिक दलका प्रतिनिधि लगायत पोर्तुगिज संसदीय प्रतिनिधिहरू बिच नेपालीहरूका बारेमा जानकारी दिनुका साथै पोर्चुगलमा नेपाली समुदायहरू अन्य आप्रवासीका तुलनामा निक्कै अनुशासित,परिश्रमी तथा इमान्दार रहेको बारे पोर्तुगिज उच्च अधिकारी लगायत सरकारी अधिकारीहरूले मूल्याङ्कन गरेको कुरा सम्पूर्ण नेपाली समुदायबीच शेयर गर्न पाउँदा आफूलाई निक्कै सन्तुस्टि मिलेको कुरा एक अन्तरवार्तामा अध्यक्ष भीम केसी कमलले  बताएका थिए ।

यसै सन्दर्भमा सोधिएको एक प्रश्नमा अध्यक्ष केसीले “आफू एनआरएन,पोर्चुगलको नेतृत्वमा नदोहोरिने तर  डिआरसी (युरोपिएन संयोजक)को नेतृत्वमा जाने इच्छा रहेको कुरा खुलासा गरेका छन् ।

अध्यक्ष केसी एनआरएनए, पोर्चुगलको नेतृत्वमा नदोहोरिने भए पश्चात् उपाध्यक्ष सुनिल संगमले एनआरएनए,पोर्चुगलको आगामी (२०१७-२०१९ )को नेतृत्व लिने तयारी गरेको  कुरा उनका निकट स्रोत मार्फत  बताइएको छ ।

को हुन् सुनिल संगम ?
सुनिल संगमको नाम र उनलाई नचिन्ने नेपालीहरू सायदै होलान् । चर्चित गीतकार तथा साहित्याकर सुनिल संगम   पोचुगललाई आफ्नो कर्मभूमी बनाउँदै विगत ७ वर्ष देखि पोर्चुगलको राजधानी लिस्वनमा सपरिवार बसोबास गर्दै आएका छन् ।

पेसाले गीतकार तथा साहित्यकार संगमका दुई दर्जन भन्दा बढी नेपाली आधुनिक तथा गजलहरु रेकर्ड भैसकेका छन् भने साहित्य उनको पहिलो रुचि हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,पोर्चुगलको अध्यक्ष समेत रेहका संगम वर्तमान एनआरएनए,पोर्चुगलको उपाध्यक्ष समेत भएर दुई वर्षे कार्यकालको अनुभव हासिल गरिसकेका छन् भने पोर्चुगल भन्दा पहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,इजरायलका साथै एनआरएनए,इजरायलमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

२०५८ सालमा अधिराज्य व्यापी आधुनिक गीत लेखन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएका गीतकार तथा साहित्यकार संगमले एनआरएनए,पोर्चुगलको आगामी (२०१७-१९ )दुई वर्षे कार्यकालका लागि आफूले नेतृत्व लिने तयारीमा जुटेका छन् ।

हाल सम्म एनआरएनए,पोर्चुगलको आगामी नेतृत्वका लागि कसैले आफ्नो उम्मेदवारी सार्वजनिक नगेर पनि भित्र भित्र भने निक्कै गरमागर्मी सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू