अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

दार्जलिङमा आज पनि शुरक्षाकर्मीको गोली लागेर नेपाली भाषीको मृत्यु

बिआरटीनेपाल २०७४ साउन १४ गते ८:३१ मा प्रकाशित

गोर्खाल्यान्डको मागसहित दार्जिलिङमा भइरहेको आन्दोलनका क्रममा आज पनि एक जना नेपाली भाषीको मृत्यु भएको छ । शनिवार बिहान नेपाली भाषीहरुले निकालेको खुकुरी जुलुस नियन्त्रणका क्रमम शुरक्षाकर्मीको गोली लागेर अजय क्षत्रीको मृत्यु भएको हो ।

टाउकोमा गोली लागेका अजय क्षेत्रीलाई शिलिगुडीको एक अस्पतालमा पुर्याएपनि उनलाई डाक्टरले बचाउन सकेनन् । अजय क्षेत्रीसंगै गोली लागेका १ दर्जन भन्दा बढि आन्दोलनकारीको अवस्था पनि गम्भिर रहेको छ ।

केहि समय अघि देखी गोर्खाल्यान्डको मागसहित दार्जिलिङमा भइरहेको आन्दोलनकोले उग्र रुप लिएको छ । शनिबार बिहान दार्जिलिङको तीनधारे, गाडीधुरा लगायतका क्षेत्रबाट आएको खुकुरी जुलुसलाई सुरक्षाकर्मीले दार्जिलिङको प्रवेशद्धार सुकुनामा हस्तक्षेप गरेकोपछि आन्दोलनकारीले व्यारिकेट तोडेर अघि बढ्ने क्रममा शुरक्षकर्मीले गोली चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू