अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

अमेरिकामा रहँदै आएकी दिपिका राईको निर्माणमा ‘आई लव यु’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ८ गते १०:०५ मा प्रकाशित
 नेपाली रोमान्टीक गीत ‘लभ यू’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पुष्पल खड्का र प्रमिला राईको अभिनय छ भने नेपाली ठिटोज् ग्रुपको नृत्य छ ।
आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यो डान्सिङ् गीतको भिडियो विकास सुवेदीको निर्देशनमा तयार छ । भिडियोमा एक युवकले युवतीसँग अपेक्षा गर्ने प्रेमभाव र युवकको सपना देखाईएको छ ।
गीतमा सुरेश लामाको स्वर छ भने शंकर थापा ‘स्माईल’को संगीत र डिपि खनालका शब्द छन् । भिडियो सार्वजनिक कार्यक्रममा गायक सुरेश लामाले आफु निरन्तर नेपाली संगीत क्षेत्रमा लागिरहने प्रतिबद्दता जनाए । उनले दर्शक/श्रोताबाट आफुले माया पाउने बिश्वास व्यक्त गरेका छन् ।
सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यस गीतको भिडियो अनिल कुमार मानन्धरले छायांकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई अमेरिका बस्दै आएकी दीपिका राईले निर्माणमा गरेकी हुन् ।

प्रतिक्रिया