अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

कवि रसिक राजको ‘हुलिया’

बिआरटीनेपाल २०७४ साउन ३ गते ७:२२ मा प्रकाशित

आँखा बन्द थिए 
उ जिउदो थियो वा मुर्दा 
तर डिल भरी टासीएका एक लेस सपना थिए
सपना राता थिए
र ओठ निला

छातीमा खाल्डो परेको थियो,
जमेको थियो रगत जस्तै केही
हेर्दा यस्तो लाग्दै थियो
कसैले संचित आशा र जिउदो मुटु 
एक साथ निचोरेको थियो।

धेरै दिनदेखि बेपत्ता मेरो जिन्दगी 
यसरी बेवारिसे भेटियो उसको पाइतला मुनि।

प्रतिक्रिया