अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

उफ ! एनआरएन अमेरिकाको चुनाव – सुरेन्द्र रेग्मी

बिआरटीनेपाल २०७४ साउन १ गते ०:४३ मा प्रकाशित

अहिले नेपालीहरू बसोबास गर्ने हरेक देशमा गैर आवासीय नेपाली सङ्घको निकै चर्को हावा चलेको छ । २००३ मा जन्मेको यो संस्थाले करिब डेढ दशक अवधिमा विभिन्न देशमा फैलिन्दै गएको छ । संस्थाका अगुवाहरुले विभिन्न बहानामा विभिन्न ठाउँमा गरेका विकास निर्माण घोषणा र आर्थिक सामाजिकसँग जोडिएका घोषणाहरू निकै आक्रसक थिए हुने गरका छन् तर तिनको कार्यानयन पक्ष निकै नै कम्जोर छ । एनआरएनका अगुवाहरुले यो संस्थालाई निकै फितलो बनाएका छन् ।

हामी (म) बसिरहेको देश अमेरिकामा पनि एनआरएन अमेरिका चुनावले निकै तातेको छ । एनआरएन अमेरिकामा आउने कार्यकालका लागि उमेद्वारी दिने समय सकिएको छ । विभिन्न व्यक्तिहरूले विभिन्न पदमा उमेद्ववारी दर्ता गराएका छन् । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली निकाल्न बाँकी छ । उमेदबारहरुले आफूले उमेद्बवारी दर्ता गराएको विभिन्न सामाजिक सन्जाल मार्फत घोषणा गरेका छन् । निकै कम उमेद्वारका बाहेक अन्य उमेदबारका खासै कुनै ठोस योजना छैनन् । नेता बन्न चाहने बाहेक अरू केही देखिन्दैन ।

अध्यक्ष पदमा पाँच जनाले उम्दबारी दियको घोषणा गरेका छन् । कसैले प्यानल बनाएर त कसैले व्यक्तिगत रूपमा जाने निर्णय गरेका छन् । कतिपय उमेद्बारी बडो जगबका देखिएका छन् दुई तीन जानै अध्यक्ष प्रत्यासी प्यानलामा आफू रहेको पनि सामाजिक सन्जालमा व्यक्त गरेका छन् । को कुन प्यानलमा को कुन पार्टीको समर्थनमा भन्ने रमाइला चलखेलहरु चुनावको दिनसम्म पनि चलिनै रहने छ । अमेरिकाका विभिन्न राज्य र सहरबाट विभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। विशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेदवारी दिएको देखिन्छ।

एनआरएन साझा संस्था हो तर यसलाई नेपालको राजनीतिक पार्टीको प्रभावमा हिन्डाउने दुसप्रायस गरेकाछन यसैका कथित अगुवाहरुले जुन विडम्बनाको कुरा हो । वर्तमान बोर्डका अध्यक्ष र पुन: अध्यक्ष उमेद्वारी दिएका केशव पौडेल नेपाली काङ्रेशको नेता कार्यकर्ता भएको र काङ्रेस साथ समर्थन उमेदबारी दिएको पत्र पत्रिका समाजिक सन्जालमा व्याप्त छ । अगिल्लो कार्यकालमा खासै केही गर्न नसकेका केशवको पुन उमेद्वारी किन भन्ने अमेरिका बासी नेपालीलाई प्रस्ट हुन सकेको छैन । वर्तमान बोर्डमा उपाध्यक्ष समेत रहेका टेक्ससको ड्यालसमा बस्दै आउनुभएका राम सी पोखरेलले आफ्नो कुनै प्यानल भन्दा पनि अमेरिका भर रहेका सबै नेपालीलाई समेटेर उमेद्वारी दिएको बताएका छन् । तर अमेरिकी नेपाली माझ तेती परिचित नरहेका राम अगिल्लो पटक काङ्रेस समर्थक केशव र काङ्रेसकै सहयोगमा अगाडी आएका थिए भनेर विश्लेषण गरिन्छ ।

एनआरएन अमेरिकाको लक्ष्य, उद्वेश्य र योजना भन्दा सधैँभरि पृथक् रूपमा हिंडी रहेको संस्थालाई सही गन्तव्यमै पुराउछु  भन्दै टेक्सस निवासी युवा व्यवसायी गौरिराज जोशीले अध्यक्ष पदमा उमेद्वारी दिएका छन् । आफ्ना विभिन्न सामजिक गतिबिधिहरुका कारण अमेरिकन नेपाली समुदाय बिचमा निकै पपुलर रहेका  उनले कुनै नेपाली राजनैतिक पार्टीको नभएर अमेरिकन नेपालीको साझा ब्यक्ति हुने गरी बताएका उनले उद्धेश्यहरु र योजनाहरू अगाडी सारेका छन्  भनिदै छ र काङ्रेशकै साथ समर्थनमा उमेदबारी दिएका केशव र सामाजिका कार्यकर्ता हिसाबले सबैको बिचमा चिरपरिचित गौरिराज जोशी बिचमा प्रतिस्पर्दा हुनेछ ।

चुनावको मुखमा आएर सधैँभरि सदस्यता वितरण गर्ने, सदस्यता भन्दा पनि मतदाता बनाउने परिपाटी चली आएको छ । दुखको कुरा पारदर्शीताको नारा बोकेर हिँड्ने नेतृत्वको सामु फर्जी मतदाता नामावली लियार हिडेको बिड्मबना तपाईँ हामी सामु छ । बजारमा सुनिय अनुसार खासमा केही समूहमा बिभाजित उमेद्बार देखियका छन् । पहिलो नेतृत्वकर्ता काँग्रेस र राष्ट्रवादखी भनिनेहरु छन् । अर्को थरी नेतृत्वले काँग्रेसलाई (काङ्रेसका दुई समूह) आफ्नो प्रभावमा पारेको देखिन्छ । अर्को थरीले फेरी वामपन्थी, काँग्रेस र राष्ट्रवादीहरुलाई समेटेर समूह बानएको देखिएको छ ।

यस्तै च्याउ जस्तै छ्याप छ्याप्ती उम्रेका संस्थाहरूमा पनि राजनीतिक प्रभाव निकै परेक छ । अमेरिकाका नेपाली संघसंस्थालाइ भित्र गएर हेर्दा नेपालमा भन्दा पनि विकराल समस्या भेटिन्छ । अहिले तिनै संस्थाहरू पनि यिनै उम्द्बारका रोजाइमा परेका छन् ।

अहिले नेपालीहरू जसरि संख्यात्मक रूपमा बढिरहेको छ तेस सँगै नेपाली भाषा–संस्कृति र कलाको प्रबद्र्धन र जगेर्ना काम पनि बढाउनु पर्ने छ । यो निकै मह्त्व पूर्ण र चुनतिपुर्ण कार्य हो । यसका लागी अब निर्वाचित हुने महान् भाबहरुले मुख्य रूपमा गर्नु पर्ने छ । गौरी जोशी र राम सी पोख्रेलाले यसलाई आफ्नो यक प्रमुख मुद्दा भयको बतायका छन्।

हजारौँ नेपाली युवाहरूलाई रोजगारीको अवसर दिलायका गौरी जोशीले युवाहरूले प्राप्त गरेको विशेष ज्ञान र सिपलाइ प्रबद्र्धन र रोजगरिको लागी सहयोग गर्ने भनिरहेकाछन । अरू उमेदबारका पनि केही रमाइला कार्यक्रम छन् । अगिल्लो चुनावमा यस्तै के के भनेकाहरुले आफ्नो कार्यकालामा केही गरेनन तर तेहि कुराहरू अहिले फेरी अगाडी ल्यायका छन् । धन्न नेपालमा भूकम्प गयो र यो गरियो भन्ने अवसर पाए तर थाहा होलानी घरी घरी नेपालामा भूकम्प जान्न अनि भूकम्प पीडित सँग सेल्फिखिचेर राहात बाँडेका फोटा हाल्ने अवसर नमिल्न सक्छ । अनि केगरेका भन्ने होलान् कुन्नि ?

नेपालको राजनीति, धर्मा र जातका अधारमा बिभाजन भयको हार्मो समाजलाई मातृभूमि सँग जोड्दै अझ बलियो बनाउन आवश्यक छ । यसका लागी अगाडी बढ्ने र बढाउन सक्ने उमेदबारलाई जिताउनु तपाइ हाम्रो जिम्मेवारी हो । भुईँचालोमा एनआरएन बाहेक खासै केही नगरेकाहरुका सामु बल्ल केही गरेर देखाउने बेला आएको छ ।

रोजगारीको सिलसिला, बन्द व्यापारको सिलसिला, डिभी मार्फत्, विद्यार्थीको रूपमा र अन्य सिलसिलाबाट अमेरिका आयका नेपालीहरूलाई आवश्यक सहयोग गर्नु अबको नेतृत्वको मुख्य काम रहेको छ । दलको झन्डा बोकेर एनआरएन छिर्ने, अनि समूह बनाएर शासन गर्नेहरुलाई अहिलेको चुनावमा पत्तासाफ लगाउने बेला आएको छ । साथीहरू ‘यस्तो निर्णय गरौ जसले सच्चा समाजसेवीलाई बिजयी गराउन मद्यत पुगोस’ यस्तो  अभियानमा लागौं ।

प्रतिक्रिया