अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

लङमन्टमा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ असार २५ गते १:२८ मा प्रकाशित

लङमन्ट स्थित नेपालीहरुको पहलमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हिमालयज लायन्स क्लब लङमन्टको आयोजना तथा बोल्डर बोन फिल्स ब्लड सेन्टर र ब्लड डोनर्स अफ अमेरिकाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

यसरी रक्तदान गर्नेहरुमा १० जना नेपाली र ५ जना स्थानीय रहेका छन् । रक्त दन गर्न ईच्छुक झण्डै २५ जना भन्दा बढि भएपनि बिभिन्न कारणले १५ जना मात्र रक्तदान गर्न उपयूक्त ठहरिएका थिए । अमेरीकाको नियम अनुसार रक्तदान गर्न बिशेष क्राईट एरिया पुरा गरेको हुनुपर्दछ ।

निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्तकोषहरु आफै मरेर जाने त्यस्तो रगत दानगर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केहिहद सम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको लायन्सका नव निर्वाचित अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।

क्लबको विषेश आग्रहमा बोल्डर बोन फिल्स ब्लड सेन्टरले भोलेन्टियर सहितको भ्यान लङमन्ट आएको थियो । बिहान ९ बजे देखि दिउसो १ बजे सम्म भएको कार्यक्रममा लायन्स ६ नर्थ इष्टका जोन चेयरपर्शन जोशन श्रेष्ठ, आयोजक क्लबका पदाधिकारी, सदस्य, स्थानिय नेपाली समुदायका सदस्य तथा स्थानीय अमेरीकीहरुले रक्तदान गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू