अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

हेर्दा हेर्दै पहिरोले यसरी लग्यो शोभालाई (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार २४ गते २१:२२ मा प्रकाशित

पोखरा १९ लामाचौरकी ४० वर्षीय शोभा पौडेललाई आफ्नै घरको भान्छाकोठाले किच्दा मृत्यु भएको छ । राती अबेर खाना खाई ९ बर्षीए छोरालाई सुताएर भान्छा कोठाको चाबी लाउन जाँदा पहिरोका कारण उनी सहित भान्छा कोठानै २०० मिटर तल झर्यो । लामाचौरको अकला मन्दिर नजिकै ९ बर्षीए छोरा सँग बस्दै आएकी शोभाका श्रीमान् रोजगारीको सिलसिलामा विदेश छन् ।

छोरा सुतिसकेको र अविरल वर्षाका कारण सडकमा आएको भेल उनको भान्छाकोठा नजिकैबाट सेती नदी किनारमा गएपछि घरको पछिल्लो भागमा रहेको भान्छाकोठा भासिएको हो । छोरा सुतिसकेपछि भान्सा कोठा छिरेकी शोभालाई राती ९ बजे तिरनै पहिरोले लगेको भएनि वर्षाका कारण छिमेकीले पनि थाहा पाएनन् र घरमा छोरा निदाएको कारण खबर गर्ने पनि कोही भएनन् । एक्कासि बिहान ४ बजे तिर छिमेकी घरमा आएर ढोका ढकढकाउदा मात्र थाहा भएको प्रत्यक्षदर्शीले बताए । बगर प्रहरी कार्यालयका अनुसार प्रहरीलाई बिहान ५ बजे पछि मात्र खबर भएको र खबर पाउनसाथ प्रहरी र स्थानीयको रोहबरमा सब निकाल्ने काम भएको थियो । सडक अनियन्त्रीत बनाइएको र मापदण्ड विपरीत सडक नाला खनिएकाले पनि सडकको पानी घर नजिकैबाट बगेकाले घरको पछिल्लो भाग पहिरोमा परेका भन्दै स्थानीयहरुले आक्रोश समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया