अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

साउदीवाट भागेकी नेपाली चेली भन्छिन्-‘नर्कबाट छुटकारा पाएँ’

बिआरटीनेपाल २०७३ चैत २१ गते २०:३७ मा प्रकाशित

रातको एक बजेकोथियो। बाँके कोहलपुरकी २० वर्षीया गोमा (नाम परिवर्तन) ले घरको सबै काम सक्दा सधै रातको एक बज्थ्यो। त्यसपछि उनी सुत्न जान्छिन्। तर त्यस दिन (२०७३ फागुन १९) उनलाई सुत्नु थिएन। उनले आफू सुत्ने कोठाको ढोका लगाइन् र धमाधम आफ्नो कपडा पट्याउँदै झोलामा प्याक गरिन्।

। उनी थिइन् साउदी अरेबियाको हामफर अल बेथनस्थित एक घरमा। एउटा कुनामा झोला राखेर उनी भुइँतलाबाट माथिल्लो तलामा गइन्। साहु साहुनी र उनीहरूका छोराछोरी मस्त निन्द्रामा थिए। उनले यही खोजेकी थिइन्। बिस्तारै भुइँ तलामा गइन् र बुर्का लगाइन्। त्यसपछि कपडा पोको पारेको झोला च्यापी आँगनमा निस्किइन्। कसैले देख्ला कि भनेर वरपर हेरिन्।कोही थिएन उनलाई देख्ने। बिस्तारै गेट खोलिन् र बाहिरिइन्। सडक सुनसान थियो। सडकबत्ती एक सुरमा बलिरहेको थियो। दुई सय मिटर जित पर एक पुरूष उभिएका थिए। पुरूषको आडमा एउटा गाडी पनि थियो। उनी सास रोकेर ती पुरूषतर्फ दौडिइन्। पछाडि फर्केर हेर्ने आँट उनीमा थिएन।   नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू