अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

नेपाल र भारतका पाँच स्रष्टालाई नइ पुरस्कार

बिआरटीनेपाल २०७३ चैत १६ गते २३:०६ मा प्रकाशित

काठमाडौँ, १६ चैत । नइ प्रकाशनले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका पाँच महानुभावलाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो । सोअनुसार रु दुई लाख राशिको ‘नइ देरुनिख’ अन्तर्राष्ट्रिय पुरस्कार भारतकी विन्द्या सुब्बालाई प्रदान गरिने छ ।

पाँच दशकअघिदेखि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्त्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो । सो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशीलाई मात्र प्रदान गरिन्छ ।

यस्तै साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य मोदनाथ प्रश्रितलाई रु एक लाख राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गरिने छ । उहाँलाई नेपाली भाषा साहित्यमा छ दशकअघिदेखि समर्पित रहँदै पृथ्वीनारायण शाहको नेपाल एकीकरणबारेको महत्त्व जनमानसमा फैलाउनाका साथै संस्कृति, चित्रकला र आयुर्वेदका क्षेत्रमा समेत पु¥याएको महत्त्वपूर्ण योगदानका निम्ति सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले जानकारी दिनुभयो ।

त्यसै गरी साढे छ दशकअघिदेखि नेपाली नारी जागरणका लागि निरन्तर सङ्घर्षरत रहँदै नेपाली भाषा साहित्यको सिर्जनामा समेत पु¥याएको विशिष्ट योगदानका निम्ति सुश्री शान्ता श्रेष्ठलाई रु ५० हजार राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै नेपाली तथा मैथिली भाषा साहित्य तथा पत्रकारिताका क्षेत्रमा समर्पित हुँदै मैथिली सङ्गीत र चलचित्रको विकासमा समेत क्रियाशील धीरेन्द्र प्रेमर्षिलाई रु २५ हजार राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । यसै गरी समाजसेवा, नाट्याभिनय, छायाचित्र र पठन, लेखन क्षेत्रकी प्रतिभा सुश्री नानी थापालाई रु १५ हजार राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गरिने छ । राजनीतिज्ञ खनूप्रुदे ‘रामबाबु’को सहयोगमा सात वर्षअघि ती पुरस्कारको स्थापना भएका हुन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू