अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

लण्डनको संसद भवन अगाडि आक्रमण: एक महिलाको मृत्यु

बिआरटीनेपाल २०७३ चैत ९ गते ११:४७ मा प्रकाशित

ब्रिटेनको संसद् भवन बाहिर भएको आक्रमण लगत्तै एउटा कार एक पदयात्रीमाथि गुडाइएपछि एक महिलाको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । त्यो कारद्वारा भएको आक्रमणपछि वेस्टमिनस्टर ब्रीजमा ती महिलाको ज्यान गएको बताइएको छ । कार आक्रमणपछि गम्भीर घाइते भएका अन्य केहीको उपचार भइरहेको छ। 

आक्रमणमा कैयौं पदयात्री किचेपछि सो कार नजिकैको रेलिङमा गएर रोकिएको थियो । प्रहरीले संसद भवनबाहिर भएका आक्रमणलाई “हालका लागि आतंकवादी हमला” को रुपमा लिइएको बताएको छ । त्यसअघि नजिकै संसद् भवनबाहिर एक प्रहरी अधिकृतमाथि एक आक्रमणकारीद्वारा धारिलो हतियार प्रहार भएको थियो । लगत्तै ती आक्रमणकारी माथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । सेन्ट थोमस अस्पतालका एक डाक्टरले कैयौं घाइतेको अवस्था गम्भीर रहेको बताए । 

मृत्यु भएकी महिलाको घटनास्थलमै ज्यान गएको बताइएको छ । अर्की एक डाक्टरले आफूले टाउकोमा चोट लागेको एक प्रहरीलाई उपचार गरेको बताइन् । सांसदहरुले चार तीन वा चार पटक गोली चलेको आवाज सुनेको बताए । प्रधानमन्त्री टरिजा मे सुरक्षित रहेको डाउनीङ स्ट्रीट सूत्रले बताएको छ भन्ने समाचार बिबिसीमा छापिएको छ् । फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू