अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

होलीमा पनि चल्यो गोली

बिआरटीनेपाल २०७३ चैत १ गते १९:४२ मा प्रकाशित

सर्लाहीको इश्वरपुर ३ खड्का टोलमा सोमबार साँझ होली मनाउने क्रममा गीत बजाउने विषयलाई लिएर झडप भएको छ ।झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ । खड्का टोलको माथिल्लो गाउँ र तल्लो गाउँका बासिन्दाबीच बाजा बजाउने की नबजाउने भन्ने बिषयमा विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीमाथि नै केही युवाले ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू