अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

यसरी चल्यो सप्तरीमा गोली

बिआरटीनेपाल २०७३ फागुन २३ गते २०:४४ मा प्रकाशित

एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । २१ फागुनमा काँकडभिट्टामा अभियान उद्घाटन भए पनि १९ फागुनदेखि नै सप्तरीमा अवरोधको तयारी भएको थियो । संविधान संशोधन गर्न नदिएर एमालेले मधेसी जनताको अधिकारलाई कुल्चिएको भन्दै मोर्चाले गाउँगाउँमा मसाल जुलुससहित भण्डाफोर अभियान चलाएको थियो ।

एमालेको प्रचारात्मक कार्यक्रमलाई पनि अवरोध गर्दै शुक्रबार बिहान पार्टीका जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई मोसो दलिएको थियो । दिउँसो पार्टी सचिव शम्भु यादवको झोला खोसिएको थियो । सोही दिन एमाले सांसद रञ्जु ठाकुर चढेको गाडीमाथि ढुंगामुढा भएको थियो । तर, शनिबार भने मोर्चाका नेताहरू अवरोधको तयारी गर्न गाउँतिर गए, सहर शान्त थियो ।  नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू