अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

पूर्वसभासद्लाई उन्मुक्ति दिएकोमा घिमिरेलाई कारबाही गर्न माग

बिआरटीनेपाल २०७३ फागुन १६ गते २०:०७ मा प्रकाशित

काठमाडौं, १७ फागुन । लागूपदार्थ कारोबार मुद्दामा पूर्वसभासद् मधुसुदन अग्रवालसहित पाँच जनालाई उन्मुक्ति दिएको विषयमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख टेकबहादुर घिमिरेमाथि कारबाहीका लागि कानून मन्त्रालयमा पत्र पठाइएको छ ।महान्यायधिवक्ता रमनकुमार श्रेष्ठले विभागीय कारबाहीका लागि मन्त्रिपरिषद्मा पठाउन कानुन मन्त्रालयमा लोखी पठाएका हुन् ।

‘घिमिरेमाथि निजामति सेवा ऐनअनुरुप कारबाही गर्न महान्यायधिवक्ता कार्यालयबाट पत्र आएको छ ।’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालयबाट मंगलबारम मात्र मन्त्रिपरिषद्मा फाइल पुग्छ । सम्भवत मंगलबार क्याबिनेटमा टेबुल हुन्छ ।’अन्नपूर्ण पोष्टमा  समाचार  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू