अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

क्यानडाले बाह्र हजार शरणार्थीलाई प्रवेश दिने

बिआरटीनेपाल २०७३ फागुन १३ गते ७:५३ मा प्रकाशित

ओटावा (क्यानडा) । क्यानडाले इश्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्वीकृति दिने भएको छ । सरकारले शरणार्थीमध्ये विशेष गरेर महिला, बालबालिका, यजिदी आदिवासी र अल्पसङ्ख्यक धर्माबलम्वीलाई प्राथमिकता दिने बसाइँसराइ मन्त्रीले मङ्गलवार जानकारी दिनुभयो ।

“हामीले उनीहरूलाई मर्का परेको आधारमा सहयोग गर्न लागेका हौंँ, त्यसमा कुनै धर्म र जातलाई पक्षपात गरिने छैन, उनीहरू सबै बाँच्नु पर्दछ भन्नेमा हाम्रो जोड रहन्छ,” बसाइँसराइ मन्त्री अहमद हुसेनले पत्रकार सम्मेलनमा भन्नुभयो  झन्डै चार सय शरणार्थी बुधवार आइपुग्ने छन् । उनीहरूलाई पुनःस्थापित गर्न झन्डै दुई करोड बिस लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यजिदी समुदायका व्यक्ति विषेशगरी इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने गर्दछन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू