अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा हुँदै

बिआरटीनेपाल २०७३ फागुन ७ गते २०:२२ मा प्रकाशित

‘सम्बृद्ध राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति’ मुल नारा राखेर मार्च १८ र १९ मा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा आयोजना हुने भएको छ । क्वालालाम्पुरस्थित होटेल ग्राण्डमा हुने यस कार्यक्रममा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुले प्रतिबेदन प्रस्तुत गर्ने भएका छन् ।

आयोजक राष्ट्र मलेसियाले एक साता पहिले बैदेशिक रोजगारीका क्रममा दुःख पाएकाहरुको हितका लागि कल्याणकारी कोष निर्माण गर्नेकार्य पनि माननिय श्रम तथा रोजगार मन्त्री श्री सुर्यमान गुरुङको प्रमुख आतिथ्यमा सुरु गरिसकेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले जानकारी दिए । उनका अनुसार “एनआरएनए मलेसिया कल्याणकारी कोष” निर्माणकार्यलाई निरन्तर राख्दै एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी तिब्र पारेको उनले बताए । हालसम्म दश लाख रुपैया कोषमा संकलन भईसकेको राईले जानकारी दिएका छन् ।
सम्मेलनको उद्घाटन नेपाल सरकारका पररास्ट्र मन्त्रि प्रकाश शरण महतले गर्ने भएका छन् ।

यसै अवसरमा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनकै पूर्व सन्ध्यामा मलेसियामै एक दिने “एसिया प्यासिफिक फुटसल २०१७” प्रतियोगिताको आयोजना पनि गरिने भएको छ । जसमा विजेता टीमले दश तथा दोश्रो हुनेले तीन लाख जापानिज यन पाउने गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनका संयोजक किरणविक्रम थापाले जानकारी दिएका छन् ।
प्रतियोगिताको संयोजकमा एनआरएनए जापानका अन्तरास्ट्रिय युवा प्रतिनिधि लेलिन भट्टचन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू