अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 00:42

अमेरिकामा जीवनविमा के साँच्चिकै ठगी हो त ? – प्रकाश श्रेष्ठ

बिआरटीनेपाल २०७३ माघ २० गते २२:३७ मा प्रकाशित

हाम्रो जीवन अनिश्चितताले घेरेको छ । कतिबेला के, कस्तो भवितव्य आईपर्छ पूर्वानुमान गर्न कठिन छ । वास्तवमा भविष्य अनिश्चित भएकोले भविष्यमा हुनसक्ने घटना, दुर्घटना, सङ्कट, समस्या, अकल्पनिय परिस्थिति जस्ता तमाम जोखिम बहन गर्नु पर्ने हुन्छ । यस्ता कतिपय जोखिम हस्तान्तरणिय र कतिपय अहस्तान्तरिणय हुन्छन् । हस्तान्तरणिय जोखिम मध्ये बिमालाई लिने हो भने विमित(विमावाला)ले विमक( बिमा कम्पनी) लाई निश्चित विमाशुल्क तिरे बापत तोकिएको जोखिम हस्तान्तरण गर्छ र उक्त अनिश्चितता वा जोखिम विमाअवधीमा हुन गएमा त्यसको आर्थिक क्षतिवापतको उल्लिखित रकम विमित( Insured) ले प्राप्त गर्दछ । त्यसो त अनेकन किसिमका बिमा छन् त्यसमा पनि अहिले चर्चा गर्न खोजिएको बिमा भनेको “जीवन बिमा” सम्बन्धी हो ।

जीवन बिमा भनेको वास्तवमा विमित र विमक बिचको एक किसिमको अनुबन्धन हो जसमा विमित र बिमा कम्पनी( विमक) बिच बिमा करार भएको हुन्छ जसमा सामान्यतया तोकिएको समय भित्र विमितको मृ्त्यु भएमा बिमा कम्पनीले विमितको परिवारलाई विमांक भुक्तान गर्दछ । त्यसो त जीवन बिमाका धेरै प्रकार र धेरै प्रयोजन समेट्ने गरी विमालेख( Insurance Policy) खरिद गरिन्छ । वास्तवमा जुनकिसिमको जीवन विमालेख खरिद गरेपनि पारिवारिक आर्थिक सुरक्षालाई ध्यान दिएको हुन्छ । यद्दपी कुनै अस्थायी वा छोटो अवधिको लागी केवल Death Benefit मात्रै समेटिएको त कुनै Living Benefit र Death Benefit दुवै समेटिएको साथै भैपरि आउँदा एवं विशेष कामका लागी आर्थिक खाँचो पर्दा, त्यस्तै बुढ्यौली उमेरमा नियमित रकमको जोहो गर्न समेत उपयोगी हुनेगरि व्यवस्था मिलाउन सकिने किसिमको विमालेख समेत हुने गर्दछ ।
त्यसो त कस्तो किसिमको जीवन बिमा कसलाई कति विमांकको आवश्यकता पर्छ भन्ने कुरा सम्बन्धित व्यक्ति वा परिवारको विक्तिय अवस्थाको विश्लेषण विना यसै भन्न सकिँदैन । यद्दपी कुनै न कुनै किसिमको जीवन विमालेख खरिद गर्नु आवश्यक छ किनकि कथमकदाचित नियमित आयआर्जन गर्ने घरमुलीको अशक्तताको कारण, एक्कासि असामान्य मृत्युको कारणले परिवारमा एक त मानसिक तनाव हुने गर्छ भने अर्को तर्फ आर्थिक समस्या समेत थपिने गर्छ । तसर्थ यस्तो किमिमको सङ्कटबाट सुरक्षित रहन जीवन बिमा गर्नु अति आवश्यक छ ।

खासगरि जीवन बिमालाई दुई प्रकारमा विभक्त गरिएको छ – १) अवधि जीवन बिमा( Term Life Insurance) २) स्थायी/ आजीवन जीवन बिमा( Permanent Life Insurance) अवधि जीवन बिमा अस्थायी किसिमको निश्चित समयावधि तोकिएको हुने हुन्छ जसमा केवल तोकिएको समयावधि वा परिपक्क अवधि( Maturity Period) भित्र विमितको मृत्यु भएमा मात्र परिवारका हकवाला( Beneficiary) ले विमांक(face value) प्राप्त गर्दछन् ।

यदि उक्त अवधि भित्र विमितको मृ्त्यु नभएमा बिमा कम्पनीले सामान्यतः कुनै पनि रकम भुक्तानी गर्दैन । यस्तो अवधि बिमालाई थप अवधिको लागी नविकरण गर्न पनि सकिन्छ तथापि विमितको उमेर बढ्दै जाँदा प्रीमियम महँगो पर्ने एवं स्वास्थ्यमा प्रतिकूलता देखिने कारण नविकरण गर्न समस्या देखिन्छ । त्यसो त कम विमाशुल्क/प्रीमियममै केही वर्षका लागी भए पनि पारिवारिक आर्थिक सुरक्षा वा केवल Death Benefit समेटिएको Term life insurance लिदा उपयुक्त हुन्छ जसले गर्दा तोकिएको समय भित्र विमितको केही गरी मृत्यु भएमा परिवारमा आर्थिक बोझबाट सुरक्षित हुन सकिन्छ । यस किसिमको जीवन बिमालाई “कार बिमा” को रूपमा तुलना गर्न पनि सकिन्छ । यस विमालेखमा विमितको उमेर र स्वास्थ्य स्थिति अनुसार विमाशुल्क(premium) निर्धारण हुने गर्दछ ।

अर्को तर्फ स्थायी/आजीवन जीवन बिमा एक किसिमको आजीवन वा स्थायी प्रकृतिको बिमा हो जसमा विमितले बिमा कम्पनी सँग आफ्नो मृत्यु पश्चात् आफ्नो परिवारले विमांक पाउने वा तोकिएको विमावधी सम्म आफू बाँचे विमांक विमितले पाउने हुन्छ । यद्दपी यस किसिमको बिमा अन्तर्गत अनेकन प्रकारका बिमा समावेश हुन्छन् । खासगरि चलनचल्तीमा यस अन्तर्गत a) Whole Life Insurance b) Universal Life Insurance c) Variable Life Insurance d) Index Universal Life Insurance. पर्दछन् । वास्तवमा चारवटै जीवन विमालेख( Life Insurance Policy) का आ-आफ्नै विशेषताहरू रहेका छन् । विशेषत whole life insurance मा तोकिएको बिमा शुल्क आजीवन बिमा कम्पनीलाई बुझाउनु पर्छ र बुझाएको बिमा शुल्कबाट बिमा लागत( cost of insurance) कट्टा गरी बाँकी रकम cash value को रूपमा जम्मा हुँदै जान्छ जसमा तोकिएको निश्चित प्रतिशत ब्याज प्राप्त हुने गर्छ ।

यो परम्परागत जीवन बिमामा आजकल केही सुधार गरी निश्चित समयावधि सम्म विमाशुल्क तिरे हुने व्यवस्था पनि गरिएको छ । यसमा खासगरि cash value को accumulation कम हुने गर्दछ किनकि यो Market sensitive हुँदैन अर्थात् Market मा आएको Rate of Return अनुसार व्याजदर पाईदैन केवल secured securities मा आउने fixed interest rate 4%- 5% मात्रै दिने गरेको देखिन्छ जसले गर्दा retirement लाई केन्द्रित गरेर वा अन्य आर्थिक गर्जो टार्ने तवरबाट यो विमालेखमा जम्मा हुने accumulated cash उपयोगमा ल्याउन सकिने सम्भावना कमै देखिन्छ ।

त्यस्तै गरी Universal life insurance(UL) मा विमा़शुल्क भुक्तानीमा लचकता अपनाउन सकिन्छ र कतिपय अवस्थामा विमा़शुल्क skip गर्न पनि मिल्छ यद्दपी cash value मा पाउने ब्याज दर भने न्यूनतम निश्चित तोकिए पनि विमाकम्पनीले आवश्यकता हेरी ब्याज दर थपघट गर्न सक्छ । यसमा समेत Accumulated cash value बढ्ने सम्भावना कम हुन्छ । त्यस्तैगरि variable Universal life insurance( VUL) मा विमाशुल्क भुक्तानमा लचकता अर्थात् तोकिएको सीमा सम्म आवश्यकता अनुसार विमाशुल्क घटबढ गर्न सकिने साथै कतिपय अवस्थामा विमाशुल्क भुक्तानमा स्किप गर्न पनि सकिन्छ र यो नितान्त market sensitive हुन्छ अर्थात् Market मा stock, mutual fund, securities आदिमा आएको rate of returns अनुसार नै cash value मा return आउने गर्छ । यसो त विमितले आवश्यकता अनुसार उपयुक्त portfolio मिलाएर विभिन्न securities मा allocation गरी विमालेखमा संचित नगदलाई investment गर्न सकिन्छ । यस्तो जीवन बिमा market risk लिनेहरुको लागी उपयुक्त हुन्छ ।

त्यस्तै आजकल चलनचल्तीमा बढी उपयोगी मानिने Index Universal Life insurance अन्तर्गत खासगरि विमाशुल्क( premium) लाई आवश्यकता अनुसार भु्क्तानको सुविधा हुनुका साथै cash value मा प्राप्त हुने प्रतिफल विशेष सुचांक(index) अनुसार हुने गर्दछ जस्तोकी S&P 500 index account, Global index account जस्ता index को आधारमा cash value मा प्रतिफल/ ब्याज दिइने गरिन्छ । यद्दपी cash value growth भने तोकिएको maximum ceiling वा cap अनुसार हुन्छ । उदाहरणको लागी 15 % cap तोकिएको छ भने index 15 % भन्दा माथि आए 15% सम्म र त्यो भन्दा कम आए सोही अनुसार प्रतिफल आउने गर्छ तर index Zero(0) भन्दा कम वा negative figure मा आएमा शु्न्यमा lock हुने वा ब्याज शून्य आउने गर्छ अर्थात् market जतिसुकै negative figure मा गएपनि cash value मा नकारात्मक प्रभाव पर्दैन जसले गर्दा market risk लिन नचाहनेको लागी यो जीवन बिमा अति उपयुक्त मानिन्छ । साथै उपयुक्त किसिमले विमाशुल्क(premium) अधिक जम्मा गर्नेहरुको लागी cash value तीव्र गतिमा बढ्ने सम्भावना पनि रहन्छ ।
यो विमालेख अन्तर्गत पनि अनेकन किसिमको options भएकोले आफूलाई अनुकूल हुनेगरि उपयुक्त option छनौट गर्न सकिन्छ । खासमा कुन लक्ष्य वा प्रयोजनको साथ IUL खरिद गरिएको हो सोही अनुरूप option छनौट गर्न सकिन्छ । जस्तो की IUL accumulator छनौट गरिएको हो भने cash value बढी accumulated गरेर retirement plan को रूपमा प्रयोग गर्ने भए केही बढी प्रीमियम तिर्न तयार हुनु पर्‍यो जसले गर्दा 401(k)/403(b), IRA/SEP-IRA, Annuity, Roth-IRA, Pension आदी Account नभएकालाई पनि retirement को लागी cash को व्यवस्था हुन सक्ने भयो ।

त्यस्तै बच्चाको लागी कलेज पढाउन चाहिने रकम, घरको किस्ता, आकास्मिक कोष लगायतमा रकम व्यवस्था गर्न समेत सहज हुने भयो भने अर्को तर्फ cash value बढी हुनसकेमा सामान्यतः accumulated cash value र Insurance face value( विमांक) बिचको रकमको बिमा लागत (cost of insurance, monthly expenses charges, monthly policy charges, index account monthly charges, additional rider charges etc. )मात्र तिरे पुग्ने भएकोले विमितको उमेर बढे अनुरूप बिमा लागत बढेपनि तुलनात्मक रूपमा खुद बिमा लागत कम charge हुने गर्दछ र अझै विमाअवधी १० वर्ष पुगे पछि एक प्रकारको विशेष जोखिममा लगाईने शुल्क समेत पुर्णरुपमा हटाईने हुँदा विमितको उमेर बढ्दै जाँदा त्यति बिघ्न बिमा लागत बढ्दैन । अझै प्रस्ट भन्नुपर्दा यथेष्ट cash value छ भने निकै कम खुद(net) बिमा लागत मात्रै लाग्ने देखिन्छ ।

त्यस्तै IUL protector छनौट गर्ने हो भने विमाशुल्क तुलनात्मकरुपमा IUL protector भन्दा कम लाग्ने हुन्छ र न्यूनतम वा गाईडलाईनमा मात्र विमाशुल्क नियमित भुक्तान गर्दा cash value growth कम हुन सक्छ । यद्दपी तत्काल कम आम्दानी हुने र भविष्यमा केही आम्दानी बढेमा केही बढी मात्रामा premium भुक्तान गर्न पनि सक्ने अवस्था हुनेको लागी यो किसिमको policy लिदा समेत उपयुक्त हुन्छ किनकि तुलानात्मरुपमा कम premium तिर्ने गरी पनि बढी face value को insurance policy लिन सकिन्छ । त्यसो त आफ्नो आवश्यकता र आम्दानी अनुरूपमा यी दुवै किसिमको IUL प्रयोगमा ल्याउन सकिन्छ ।

एउटै वीमालेख अन्तर्गत धेरै किसिमको सुविधा उपयोग गर्न मिल्ने वा समस्यालाई समाधान गर्न मिल्ने गरी व्यवस्था गरिएकोले यसमा हाल धेरै प्रचलनमा रहेको ” smart iPhone” मा जस्तो विभिन्न “सुविधायुक्त function” hook up गरिएको छ । सामान्यतया सबैखाले जीवनविमा(term and permanent) मा death benefit tax free हुने गर्दछ । त्यस्तै permanent life insurance मा tax-Deferred growth( increase भएको cash value मा tax-deferred हुन्छ यदि policy surrender गरेमा अन्यथा death benefit मा भने उक्त रकम समेत tax free हुन्छ ), त्यस्तै tax free loan and withdraw को प्रावधान रहने गर्दछ, assets transfer मा सजिलो हुन्छ । त्यस्तै lawsuit को protection पनि हुने गर्छ अर्थात् सामान्यतः जीवनविमालाई अन्य assets सरह गणना नगरिने भएकोले कसैले law suit गरेमा insurance policy अन्तर्गत accumulated भएको cash value बाट तिर्नु पर्दैन । त्यस्तै बच्चाहरुको कलेजबाट पाउने grant निर्धारणमा समेत insurance policy मा रहेको cash value लाई asset को रूपमा गणना गरिदैन । यसरी हेर्दा आफूले आर्जन गरेको रकम कानुनी रूपमै Hide गर्न सकिने अवस्था पनि जीवन बिमामा रहेको हुन्छ भन्न सकिन्छ ।

खासगरि IUL अन्तर्गत विभिन्न आर्थिक प्रयोजनलाई उपयोगमा ल्याउन सकिने गुण विद्यमान रहेकोले आजकल अधिकांशले यसलाई उपयोगमा ल्याएको पाइन्छ । त्यस्तै आफूले आर्जन गरेको कमाई मध्ये गर्न सकिने बचतलाई उपयुक्त ढङ्गले परिचालन गरी भविष्यमा आफू र आफ्नो परिवारको आर्थिक सुरक्षा गर्नको लागी यो विमालेख उपयुक्त देखिन्छ ।

विमित लामो समय बाँचेमा आफ्नै जीवनकालमा विभिन्न आर्थिक समस्या समाधान गर्न वा बुढेसकालमा आर्थिकरुपमा सुनिश्चित हुन र केही गरी चाढै मरेमा पारिवारिक आर्थिक सुरक्षा दिन यो विमालेख अति उपयुक्त हुन सक्छ । यद्दपी कुनै पनि विमालेखलाई नराम्रो मान्न सकिँदैन किनकि सबै विमालेख विभिन्न परिस्थिति र प्रयोजनमा आ-आफ्नै तवरबाट प्रयोगमा आउन सक्छन् । एउटा कुरा हरेक व्यक्तिको मेडिकल हिस्ट्री, वर्तमान स्वास्थ्य अवस्था, उमेर, कामको प्रकृति अनुसार जोखिमको प्रकृति फरक फरक हुन सक्छ जसले गर्दा समान विमांकको लागी समेत फरक फरक प्रिमियम र बिमा लागत निर्धारण हुन सक्छ । त्यस्तै समान उमेर र समान स्वास्थ्य स्थितिमा रहदा समेत पुरुषको तुलनामा महिलाको लागी प्रिमियम र बिमा लागत कम लाग्ने हुन्छ । त्यस्तैगरि death benefit option मा level death benefit वा increasing death benefit के राखिएको छ यसले समेत cost of insurance मा घटबढ हुन सक्छ ।

जीवनविमा हरेकको लागी आवश्यक छ तापनि केही महिना पहिला अमेरिकामा जीवनविमा बारे नेपाली समुदायमा निकै हल्लाखल्ला मच्चियो र कतिपयले ” ईन्सुरेन्स ठगी” भनेर व्यापक प्रचारप्रसार गरेको पनि देखियो । यस्तो हल्ला किन, कसरी, के का लागी गरियो त्यसबारे खासै बुझ्न सकिएन र त्यो हल्लाले यो स्तम्भकार पनि अछुतो रहेन ।

अधिकांशले जीवनविमालेख बिचमै रद्द गरेको पनि देखियो । यस्तो हुनुमा पक्कै पनि विमित र बिमा एजेण्ट बिचको आपसी असमझदारी, विमालेखमा उल्लेख भएका बुँदाहरु बारे गलत बुझाई, विभिन्न Illustration बारेमा अपव्याख्या र insurance lapse हुने प्रावधान साथै न्यूनतम गाईड लाइनमा विमाशुल्क भुक्तान गर्दा सुरुका ३-४ वर्षमा पर्याप्त cash value बन्न नसक्ने अवस्था( सामान्यतया सुरुको ३-४ वर्षमा विमालेख रद्द/surrender गर्दा cash value खातामा बनेको भए पनि कत्ति पनि रकम फिर्ता नहुने प्रावधान ), त्यस्तै २०-३० वर्ष सम्म निरन्तर न्यूनतम( करिब २% market return) market rate of return समदरमा आईरहेदा cost of insurance बहन गर्नको लागी साविकको विमाशुल्कनै तिर्दै गएमा Insurance policy lapse हुनसक्ने illustration को व्याख्या, न्यूनतम रकम मात्रै विमाशुल्कको रूपमा जम्मा गर्दै जाँदा cash value यथेष्ट नबनेको अवस्था आदी कारणहरू हुनसक्ने देखियो । वास्तवमा यस्ता अवस्था बारे विशेष किसिमको जानकारी र बुझाई उपयुक्त नहुँदा सबैतिर नकारात्मक प्रचारवाजी देखियो ।

विशेष गरेर IUL कसरी operate हुन्छ र कसरी भरपर्दो हुनेगरि अगाडी बढाउन सकिन्छ भन्ने पर्याप्त ज्ञान सम्बन्धित पक्षले दिन नसक्नु र विमित व्यक्तिहरूले समेत बुझ्न नखोज्दा आपसमा असमझदारी सृजना भएको देखिन्छ । आखिर जीवनवीमा कम्पनी पनि एउटा व्यवसाय नै हो र अझै अमेरिकामा पुर्णरुपमा अक्षरश कानुन पालना गरेर सञ्चालन हुने व्यावसायिक संस्था हो जसलाई स्टेट एवं फेडेरेल गभर्मेन्टले समेत विशेष ग्यारेण्टी वा संरक्षण दिएको हुन्छ ।

त्यस्तै तत्काल स्थायी जीवनविमालेख( permanent life insurance) वा IUL खरिद गरी छोटो समयमै बन्द गर्ने सोचाई भएमा खरिद नगर्दानै उपयुक्त हुन्छ किनकि तोकिएको target guideline अनुरूप प्रिमियम तिर्दा long term मा मात्रै cash value growth आफूले जम्मा गरेको कुल प्रिमियम भन्दा बढी हुने हुन्छ, छोटो समयमा वा सुरुको केही वर्ष केवल न्यूनतम प्रिमियम तिरेर cash value तत्काल राम्रो बन्दैन तर एकचोटी सुरुमै बढी प्रिमियम भुक्तान गर्दै जाने हो भने केही वर्षमै राम्रो cash value बढ्ने सम्भावना पनि रहन्छ र यो समेत market index मा भर पर्छ किनकि market सुरुकै वर्षमा downward भयो वा negative भयो भने zero( कुनै कम्पनीले 0.75% ब्याज समेत market down भएर negative हुँदा पनि दिने गर्छन्) return समेत हुनसक्ने हुँदा सुरुमै धेरै प्रिमियम तिरेर बढी cash value बन्ने ग्यारेण्टी नहुन सक्छ तापनि सधैँ market down नहुने उतारचढाव भइरहने हुँदा केही वर्ष पछि cash value increase हुने देखिन्छ । विगतको market rate of return ले समेत त्यस कुरालाई पुष्टि गर्छ ।

अत: उपयुक्त किसिमले premium तिर्दै जाँदा long term मा cash value यथेष्ट बन्न सक्ने र त्यही cash value मा प्राप्त interest ले समेत cost of insurance तिरिकन अझै थप बचत भई compounding interest को प्रभावले थप cash value बन्न पनि सक्ने हुँदा धेरै वर्ष पछि premium तिरिरहनु नपर्ने हुन सक्छ । त्यसो त IUL लिने समयमै एउटा निश्चित समय सम्म premium तिर्ने र निश्चित उमेरमा retirement को लागी आवश्यक रकम बन्ने किसिमको मोटामोटी योजना बनाएर policy setup गर्दा समेत सोही मुताविक premium तिर्ने guide line तय हुने गर्छ ।

त्यस्तै long term care र विभिन्न rider को attachment समेत यस policy अन्तर्गत गर्न सकिन्छ । हुनत हरेक किसिमको IUL मा premium भुक्तान गर्ने सम्बन्धमा target, minimum, guideline, guideline single premium, 7-pay आदी तोकिएको हुन्छ र यसमा आफूलाई अनुकूल हुनेगरि प्रयोग गर्न सकिन्छ । यद्दपी समय समयमा policy मा cash value को growth, insurance cost आदी बारे जानकारी online statement मा हेरिरहनु र आफ्नो एजेण्टलाई कुनै दुविधा भए सोधपुछ गर्नु आवश्यक हुन्छ ।

संक्षेपमा भन्नुपर्दा सबै किसिमको जीवन बिमामा COI ( cost of insurance) समावेश भएकै हुन्छ तर कसरी cash value निर्धारण हुन्छ त्यो मुख्य विषय हो । यसरी हेर्दा -यदि basic COI तिरिने policy लाई term insurance भनिन्छ । यदि cash value fixed ग्यारेण्टी छ भने whole life insurance भनिन्छ । त्यस्तै cash value interest चाही market sensitive र flexible छ भने Universal Life( UL) भनिन्छ । त्यस्तैगरि cash value चाही index सँग tied up भएको छ भने IUL भनिन्छ ।

वास्तवमा विगतको ” ईन्सुरेन्स सम्बन्धी हल्लीखल्ली” किन नेपाली समुदायमा मात्रै सीमित रह्यो र अरू समुदायमा कुनै हल्लीखल्ली मच्चिएन बरु 401(k)/403(b), विभिन्न retirement plan मा भन्दा बढी रकम लगानी जीवन बिमामा भयो । त्यसमा पनि IUL खरिद गर्नेहरुको सङ्ख्या बढी देखियो । अमेरिकामा दैनिक औषत १.५ विलियन डलर “लाईफ ईन्सुरेन्स प्रोडक्ट” बाट व्यक्तिहरूलाई भुक्तानी दिइन्छ भने “सोसियल सेक्युरिटी मार्फत दैनिक औषत १.९ विलियन डलर व्यक्तिहरूलाई भुक्तानी दिइन्छ ।

त्यस्तै २०% अमेरिकनको लाईफ ईन्सुरेन्स ईण्डष्ट्रीमा “long term saving ” रहेको छ । त्यस्तै गरी ३.५ ट्रीलियन डलर 401(k), ५.३ ट्रीलियन डलर IRA र ५.५ ट्रीलियन डलर लाईफ ईन्सुरेन्समा नगद प्रवाहित छ । यसले पनि के प्रस्ट देखायो भने विगतको हल्ला अल्पज्ञान र विक्तिय विश्लेषण गर्ने क्षमताको अभाव एवं कुनै व्यक्ति विशेष सँगको प्रतिशोध साँध्ने मनसाय हो की भन्ने देखियो ।
उक्त बजार हल्लाकै कारण मैले( यो स्तम्भकारले) समेत बजार हल्ला चल्नु केही महिना पहिला खरिद गरेको IUL policy रद्द गर्न तम्तयार भई आफूलाई policy बेच्ने एजेण्टलाई समेत सम्पर्क गरेको र एजेन्टबाट व्यापक जानकारी लिदै आफैले समेत विभिन्न अध्यायन गरी अन्तत policy रद्द नगर्ने टुंगोमा पुगेको थिए । उक्त समयमा permanent life insurance/IUL लिएर सही समयमा सही निर्णय गरेको ठानेको छु किनकि उक्त विमालेख खरिद गरेको कारणले आजकल एक किसिमको मानसिकरुपमा शान्ति मिलेको छ ।

त्यसो हुनुमा मुलत: आफू लामो समय जीवित रहे आफ्नो जीवनकालमा विभिन्न किसिमको आर्थिक व्यवस्था सहज हुने र केही गरी छोटो समयमै जीवनको अन्त्य भएमा परिवार आर्थिकरुपमा सुरक्षित रहने भएकोले समेत यो विमालेख उपयुक्त ठानेको छु । वास्तवमा term insurance तुलनात्मकरुपमा किफायती भए पनि खासगरि तोकिएको समयसिमा भित्र मात्र आफ्नो मृत्यु भएमा आफ्नो परिवारले विमांक पाउने प्रावधान रहेकोले त्यसलाई खरिद गर्नु उपयुक्त ठानिन् । जीवित छदै पनि आवश्यक आर्थिक व्यवस्थापन गर्न सहज हुने विशेषताको कारणनै permanent life insurance रोज्नु सान्दर्भिक ठाने जसले गर्दा आजकल आफू financially secure भएको महसुस भएको छ ।

अत: जीवनविमा scamp कुनै पनि हालतमा होइन बरु कसले, कतिको, कस्तो, कुन प्रयोजनको लागी जीवन विमालेख लिदा उपयुक्त हुन्छ आवश्यक जानकारी सम्बन्धित भरपर्दो एजेण्ट वा Financial advisor को परामर्शमा लिनु उपयुक्त हुन्छ । पारिवारिक आर्थिक सुरक्षा र peace of mind को लागी समेत जीवनविमा गर्नु आवश्यक छ ।

अन्तमा जीवन बिमा लेख खरिद गर्नेले पनि व्यापक रूपमा जानकारी लिएर र बेच्नेले पनि व्यापक रूपमा जानकारी दिएर तथ्य, सत्य, यथार्थ बुझाएर बेच्नु पर्ने देखिन्छ । अझै पनि कहिकतै जीवनविमा खरिद गर्नु अनावश्यक छ भन्ने भ्रम फैलाएको पनि पाइन्छ । त्यसो भन्नु भनेको नितान्त गलत मानसिकता हो र गहन रूपमा जीवनविमा बारे बुझ्न नसक्नु एवं त्यसको उपदेयितालाई नजर अन्दाज गर्नु हो । त्यसो त कार, हेल्थ, आईफोन, घर-सम्पति आदिको अनिवार्य बिमा गर्ने तर आफ्नै जीवनको बिमा गर्न अनेकन हावादारी अफवाहको पछि दौडिनु र हिच्चकिचाउनु कति उपयुक्त हुन्छ गहनरुपमा सोच्नु आवश्यक छ । वास्तवमा “अल्पज्ञान भयंकर” भन्ने उक्तिले गर्दानै कतिपय व्यक्तिहरू जीवनविमा प्रति नकारात्मक सोच राख्ने गरेका हुन सक्छन् । त्यसो हो भने आजैबाट गम्भीर भएर यसबारे सुझवुझ भएर अगाडी बढौ ।

प्रतिक्रिया