अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

मुन्द्रेको नखुलेका रहस्य (भिडियो)

बिआरटीनेपाल २०७३ माघ १९ गते ८:२२ मा प्रकाशित

हास्य कलाकार जितु नेपाल (मुन्द्रे) अहिले स्टेज कार्यक्रममा व्यस्त छन् । सिन्धुपाल्चोकमा जन्मिएर राजधानीमा गरेको लामो सङ्घर्षले उनलाई अहिलेको ठाउँमा पुर्याएको हो । कलाकारिताको सुरुवातमा उनी जित बहादुर नेपालको नामले चिनिन्थे । घर परिवारले राखिदिएको जित बहादुर नाम उनलाई पनि प्रिय नै लाग्थ्यो । तर, निर्माता तथा निर्देशक दिनेश डिसीले उनलाई जितु भनेर मायाले बाउँथे । यद्यपि, टेलिश्रृंखलाहरुमा उनको नाममा जित बहादुर नेपाल भनेर नै आउने गथ्र्यो । विमान चालक टेलिश्रृंखलामा काम गर्दा कम्प्युटर जमाना थिएन । जित बहादुर निकै लामो नाम भएको भन्दै दिनेश डिसीले जितु नाम राख्न सुझाव दिए । उनलाई पनि मिठो लाग्यो । त्यसपछि जित बहादुर एकाएक जितु नेपाल बने । जिरे खुर्सानी टेलिश्रृंलाबाट मुन्द्रेको रूपमा हिट भए । हेर्नुहोस् भिडियो

प्रतिक्रिया