अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

नेपाललाई नेपालीकरण हुनबाट जोगाऔं

बिआरटीनेपाल २०७३ माघ १५ गते ७:३१ मा प्रकाशित

सभ्य, शान्त, ईमान्दार, मेहनती समाज अहिले आएर छलपकपट, त्रास, ठगी, फटाहा, दम्भ र फोकटको गफको समाजमा परिणत भएको छ । समाजमा दुई किसिमको मानिसको कित्ता काटिएको छ । एउटा कित्ता शान्तसँग बस्न चाहन्छ, अर्को कित्ता जो अशान्ति मच्चाउन उद्यत उक्साहट तथा आफैं अशान्तले क्रान्त छ । किन यस्तो भयो त यो समाज, जवाफ अशान्ति मच्चाएर शान्ति सम्झौंतामा जोड दिने हाम्रै नेताहरु नैं हुन् ।

सामाजिक संजाल, पत्रपत्रिका खबर पढने र हेर्ने हो भने दिनहु हतियार, युद्ध, दन्द्ध र शान्ति र अशान्तिको बहस भएको आभाष पाउछौं । यसको कारण, भोक, शिक्षा, स्वास्थ्य, बिकास, समृद्धी, राजनीति, धर्म, जात, संस्कृति तथा बिभिन्न कारण जे सुकै भएपनी मुख्य कारण भनेको देशको अस्तित्व र यो बनाएको जनताको पहिचान नैं हो । जुन किसिमले विदेशी शक्तिले राजनीतिज्ञ, पत्रकार, राष्ट्र सेवक, नागरिक समाजको रुप धारण गरी बिदेशीको औलाको ईशारामा आफनो ब्यक्तिगत स्वार्थमा नाच्ने दलाल तथा दलाल प्रवृतिको भाईरसहरुका कारण देशले र नागरिकले ठूलो समस्या भोग्दै आईरहेको र निकट भविष्यमा बिकराल समस्या उत्पन्न हुन्छ भन्ने ठोकुवा गर्न सकिन्छ, यदी दलाल तथा तिनका भु्रणलाई परास्त गरी नँया सत्ताले आफुलाई स्थापित गरेन भनें ।

नागरिकहरुमा आफनो देशप्रति माया र राष्ट्रको चिन्ताले गर्दा नैं होला आज हदै सम्म आफु तल झरेर नेताहरु बिरुद्ध गाली गलौज सम्म ओर्लेका छन, रिसको पारो अती नै चढने भएर होला हतियार सम्म उठाउने कुरा गर्र्दैछन् । खुमबहादुर खड्काले हिन्दुत्व र राजसंस्थाको मुद्धा लिंदै राष्टघाती र राष्टवादी बीच धु्रवीकरणको आवश्यकता छ भन्नु र केशव बहादुर बिष्टले इटहरीमा राजसंस्था र धर्मको लागी परि आएको बखत हतियार उठनेछ भन्दा अब देशमा साच्चिकैं दुई कित्तामा काटिइ एक आपस बिरुद्ध जाई लाग्ने बेला पो भैसकेछ कि भन्ने भान हुन्छ । पूर्ब राजाको बिज्ञप्ति आउने बित्तिकै सामाजिक सञ्जाल पनी यसरी तरंगीत भयो की मानौं साईबरवार भनेको यस्तै पो हो की भन्ने ठान्न थाल्यौं ।

अमृत श्रेष्ठले फयाट्टै लेखे अब ए के ४७ दिन पर्यो, कि मर्न पर्यो कि मार्न पर्यो, देश एकता र राजसंस्थाको लागी हिजो गणतन्त्रको लागी मर्न र मार्न तयार भएका जनता आज देश, जनता, राजसंस्थाको लागि मर्न तम्तयार भएको देख्दा देशले अझैं केही दशक बलीको रगतनै देख्छनकी भन्ने हुन्छ, कामना गरौं त्यसो नहोस् । मनोहर भट्टराईले पूर्ब राजाको बिज्ञप्तिमा क्रान्तिकारी, बलिदानी र परिवर्तनकारीको सही अथ्र्याई हुनुपर्छ भन्ने भावनालाई बस्तुस्थितीको सहि चित्रण हो भनेका छन भने बीर चौधरी बिदेश भूमि छोडेर देशको लागी मर्न तयार छु भन्छन् । हुन त यो पूर्ब राजाको बिज्ञप्तिले गर्दा मात्र होईन देशका राजनीतिज्ञको ब्यवहारले पनी हो । नेताहरुले राजा ज्ञानेन्द्रको बिज्ञप्तिलाई घोर आपत्ति भन्दै गर्दा श्याम सुन्दर पुडासैनी लेख्छन सत्य आखिर तितो हुन्छ, पूर्ब राजा ज्ञानेन्द्र जनतालाई आकर्षित तथा संगठित गर्न नसकेपनि उनले ज्ञानेन्द्रका प्रश्न तिता सत्य बर्तमानका कथ्य हुन भनेका छन् भने टेक क्षेत्रि भने सिके रावत तथा बिहारबाट लखेटिएर आएका बिहारीहरुले देश टुक्रयाउछु भन्दा ताली पिटनेले ज्ञानेन्द्रले हिमाल, पहाड, तराई एकताको सुत्रमा बाधिनुपर्छ भन्दा पाखण्डी भयो भन्दै किन कुर्लनु पर्यो भन्दै प्रश्न राख्छन् । अब नागरिक प्रष्टै हुनुपर्छ प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र किन राजतन्त्र बिरुद्ध प्रयोग गरियो भन्दा हामीलाई बिगतको ईतिहास कोट्याउन मन लाग्छ ।

हतियार उठाउनै पर्छ भन्ने मान्यता त होईन तर त्यत्रो बिद्रोह हुन सक्ने अवस्थालाई मध्य नजर गर्ने हो भने आज बिप्लव, हिन्दुबादी तथा धर्मवादी मधेशका बिद्रोही शक्ति अन्यमा परेका रक्स तथा ब्राहमण शक्ति, क्षेत्रियहरु, बिदेशीका अभिष्ट पुरा गर्ने दलाल, पहिचानवादी , जातिबादी, राजसंस्थाप्रति आस्था राख्ने शक्ति, राष्टवादी तथा देशभक्ति शक्ति, जनजातीहरु तथा आदि शक्तिहरु मध्ये कुनै एक न एक शक्ति हतियार उठाउन तयार भयो भने यो देशमा ठूलो बिद्रोह पनी हुन सक्छ अथवा देश गृह युद्धमा फस्न पनि सक्नेछ । यो देश पशुपति नाथले चलाएको वा रक्षा गरे झैं साच्ची नै सुनामीबाट उत्पन्न भएको ताण्डव पछि शान्त ती भगवान पशुपतिले गर्न सक्लान नत्र कुनै माइकालालको हातबाट अब शान्ति भन्ने चरोको नाम उडेर छुमन्तर भैसकेको अवस्था देशमा शान्ति ल्याउन सत्ता पल्टिनै पर्छ र नँया सत्ता स्थापित हुै पर्छ र महत्वपूर्ण कुरा देश बिरुद्ध धावा बोल्ने राष्टघाती तथा देशद्रोहीलाई फासि तथा मृत्युको सजाय हुनै पर्छ ।

बीर गोर्खालीले एकिकृत गरेको नेपालमा बैरी शक्ति यसरी हावी भयो आजको बर्तमान नेपालमा आउदा झल्यासैं हुन्छौ र फल्यास ब्याकमा पुग्छौं । पृथ्वीनारायण शाहको पालामा पादरी लखेटेको घटनाले तथा एवं रीतले पछिल्लो समयमा राजाहरुले आफनो देशको स्वार्थको लागी खेलेको भूमीका नै हामीले पाएको बर्तमान नेपालको चित्रण हो । पूर्बमा टिस्टा, पश्चिममा काँगडा पुगेको बिशाल नेपाल खुम्चिएर गयो । तत्पश्चात हामी बारम्बार बिदेशीको तथा दक्षिणको धुर्तयाई र नेताहरुको फगत निजी स्वार्थले गर्दा निरिह बन्दै गईरहेका छौं । मानौ यी दुई शक्ति हाम्रा लागि किर्ना सरह हुन् । किर्ना पनि मान्छेको आंगमा बस्यो भने रगत चुस्दै मोटाउँछ र त्यहाँ सयौंको संख्यामा जनसंख्या उत्पादन गर्दै पिर्दै बस्छ । त्यस्तै हाम्रा किर्ना सरह नेता र दक्षिणको किर्ना प्र्रवृतीले हामी सुक्दै गईरहेका छौं ।

जता गएपनि अहिले सिक्किमीकरण र भुटानीकरण तथा लेण्डुप दोर्जेको बहुतै चर्ता हुने गर्दछ । राजा, राजाका आसपासे, सचिव, राष्ट्र सेवक कर्मचारी, नेत्र बिक्रम चन्द, एमालेका नेता मोहन सिंह राठौर, अमेरिकाका कांग्रसम्यान नेपाली मुलका दर्शन रौनियार, रकम बहादुर खड्का, केशर बहादुर बिष्ट, अमेरिका एनआरएन किरण खड्का लगायत नेपाली जनतामा यहि त्रास छ, के नेपाल सिक्किमीकरण, भुटानीकरणका फिजिकरणको बाटोमा छ त ? के हाम्रा नेताहरु लेण्डुप दोर्जे बन्न उद्यत बनेकै हुन् त ?

मेरो बिचारमा यो सही होईन, नेपाल अब नेपालीकरण उदाहरणको रुपमा उदाउन लागेको पक्कैं हो । पृथ्वीनारायण शाहको नेतृत्वमा बनेको एकिकरण थालनी हाम्रा बिर बिरंगाना थापा, पाँडे, बिष्ट जस्ता काजीहरु खवास, गुरुगं, मगर, ठकुरी, खस तथा दमैं कामी पांडेहरु जस्ता सिपाहीहरु तथा बहादुर शाहको बहादुरी र चलाखीपूर्ण नेतृत्वले बनेको बिशाल नेपाल र यसलाई जोगाउन दरबारका गुरु पुरुहीत तथा भाई भारदारको सुझबुझ र चलाखीपूर्णले पूर्णता पाएको बिशाल नेपाल बैरी र बिदेशी दलाल नेताहरुले गर्दा आधुनीक नेपालमा परिणत भई राष्«ट पो रहने वा नरहनेको बहसमा आएर धारे हात लगाउँदैं एक आपसमा सराप्दै बस्दैं छौं ।

धेरै उतार चढाव पछि बल्ल राजा महेन्द्रको पालामा देशले पूर्ण स्वाधिनको श्वास फेर्न पाए । किन एकिकरणका नायक बडामहाराजधिराज पृथ्वीनारायण शाह राष्ट्रवादी, बिकासप्रेमी राजा तथा असंलग्न राष्ट्रका नेता महेन्द्र, सर्वागिंन बिकास, बिकेन्द्रीकरणका मुख्य योजनाकार शान्तिप्रीय राजा बिरेन्द्र, राष्ट्रघाती तथा आतंकवादी प्रचण्ड तथा उनका मार्गलाई कसरी सही बाटोमा ल्याउने सोच भएका राजा ज्ञानेन्द्रलाई किन प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रका पट्ठाहरुले दिलो ज्यान लगाएर खलनायकको रुपमा प्रश्तुत गरे भन्दा बल्ल आज देश भुटानीकरण, फिजिकरण तथा सिक्किमीकरणको बहसले नेपाली जनतालाई झल्यास्स पार्यो । रोहित पौडेलदवारा तयार पारेर फेसबुकमा राखिएको राजा महेन्द्रको योजना बिकास, प्रत्यक्ष जनसरोकार तथा राष्ट्रप्रति सर्मपित कार्यहरु हेर्ने हो भने जो कोहिले पनी जम्मा सत्र बर्षको राजकाज सम्हालेका राजा महेन्द्रले सिमित स्रोत साधन बाबजुत पनि त्यत्रा कार्यक्रम कसरी दिए होलान भनी जिब्रो टोक्न बाध्य हुन्छन् । पछिल्लो समय राजा बिरेन्द्रको शान्ति क्षेत्रको उदघोष विश्व राजनीतिमा कुटनीतिक चातुर्यता तथा नागरिकता सम्बन्धि बिधेयक र राष्ट्रवादी सोचलाई लिएर विदेशी तथा विदेशीको स्वार्थ अनुरुप हिडने दलाल नेताहरु किन उनी बिरुद्ध लागे प्रष्टैं हुन्छ । त्यस्तै राजा ज्ञानेन्द्रले भुटानीकरणको अवधारणा अगाडी बढ्न नदिएका कारण नैं उनीले राजसंस्थाबाट हात धुन बाध्य बनाईयो जुन आम नागरिकले बुझि सकेको अवस्था हो । एकिकरणका सिपाही बडामहाराजधिराज पृथ्वीनारायण शाह बिरुद्ध खन्निनु भनेको नेपाल नैं असली हिन्दुस्तानको रुपमा प्रश्तुत गर्नु र यहाँबाट धर्म परिवर्तन गरेर हिंडने धर्मभिरुलाई देश निकाला गर्नु नैं मुख्य कारक तत्व हो अब कसैको सामु छिपेको छैन ।

२००७ साल देखि आजको मिति सम्म हेर्ने हो भने टनकपुर, कोशि, गण्डक, कालापानीमा भारतीय सैनिक तैनाथ राख्ने, शान्ति सेना र हतियार सम्बन्धि टनकपुर, महाकाली, माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण ३, २०६२ मंषिर ७ मा १२ बुंदे, पश्चिम सेती, बिप्पा, पछिल्लो समय नागरिकता सम्बन्धि, भुटान सरह भारतको जस्तैं विश्व कुटनीति सम्बन्धी जस्ता तमाम सन्धी के लेण्डुप दोर्जेले गरेका थिए कि, मात्रृका, बिपि, गिरिजा, केपि, माधव, प्रचण्ड, देउवा, बाबुराम तथा केहि बहादुर थापा तथा राणा जस्ता राष्ट्रघातीहरुले गरेका थिए । अहिलेको नेपालको चित्रणलाई बिश्लेषण गर्ने हो भने यो देश कुनै भुटानीकरण, फिजिकरण वा सिक्किमिकरण होईन बरु सम्पूर्ण करणको मिश्रण नेपालीकरणको बाटोमा गई भास्सिन लागेको अनुभूती हुन्छ ।

नेपाल अहिले भुटानीकरण झैं बाटोमा लागेको छ, पछिल्लो चरणमा प्रचण्डले भारतसँग जुन परराष्ट्र सन्धि गरें त्यसमा अब विश्व सामु भारतको निर्देशन बमोजिम कुटनीतिक भाषा बोल्नु पर्नेछ र भारतको खटन पटन अनुसार कार्य गर्नुपर्दछ । भुटानमा भारतले हेर्ने डिफेन्स नीति झैं यहाँ पनि लागु गर्ने प्रयास छ । शान्तिसेना पनि भारतकै मातहतमा राखौं भन्ने प्रश्ताव र प्रचण्डे सरकारले गुपचुप रुपमा खेलेको भूमिका साच्चैं बिरहरुको बिर, साहसीको पनि साहसी बीर गोर्खालीलाई शिर निचो बनाउने अर्को कार्य हो । नेपाली सेनाले भारत तथा अमेरिकन सेनासँग संयुक्त सैन्य तालिम गर्दा उच्छितो काटन पर्ने ? २००७ साल देखिको सम्झौंता हेर्दा अब नेपालको हातमा कुनै पनी प्राकृतिक स्रोत पनि बाँकी रहेन त्यो नैं भुटानीकरणको दरिलो उदाहरण हो ।

फिजिकरणको बाटोमा गएको हो वा होईन भन्ने बिश्लेषण गर्ने हो भने, पटक पटकको प्रयासले गर्दा नालायक दलाल नेताहरुले नागरिकता सम्बन्धि बिधेयक पास गरी आज नेपालमा एकाउन्न प्रतिशत भन्दा बढी बिहारी र युपिका भारतीयहरुले नागरिकता लिन सफल भयो । अहिले यथास्थिती बनोस भनेर दुई राष्ट्रवादी ब्यक्तित्वहरुले आफनो जिवन समेत गुमाए, ति थिए, स्व. राजा बिरेन्द्र तथा मदन भण्डारी । बिडम्बना जिवन पनि गुमाए, राष्ट्रले आज यो दुर्गती भोगिरहेको छ । फिजिमा पनि साठी प्रतिशत भारतीयहरुको पकडले गर्दा र पटक पटक भारतीयहरुको जमातले आफनो स्वार्थ अनुरुप फिजि सरकारसँग बिधेयक पास गराउदै गर्दा राजनीतिक हैसियत सम्म आफनो पकडमा राख्न सफल भए । महेन्द्र चौधरी राष्ट्र प्रमुख भए तर केही दिनमै राष्ट्रवादी देशभक्तको सहयोगमा सत्ता पल्टाईयो । त्यहाँ भारतीयहरुको सहयोग र समर्थनको लागी भारतीय सैनिक सम्म पठाईयो । आज आएर फिजिमा चालीस प्रतिशत तल भारतीय मुलका जनसंख्या घटदैछ र घटने क्रम जारी छ । त्यसको मुल कारण भने भारतीयहरु आफनो निजी स्वार्थ मात्रै हेर्छन र आफनो भविष्य सुनिश्चित गर्न अस्ट्रेलिया, न्युजिल्याण्ड तथा अमेरिका र क्यानडा फिजिबाट पलायन भएर जानु नैं फिजिमा भारतीय मुलका जनसंख्या घटनु हो । अब बडो डरलाग्दो तथा घातक प्रकरण र उदाहरणको रुपमा रहेको सिक्किमीकरण र दिल्लीमा रातो कार्पेट नपाएको र इन्दिरा गान्धीको ढोका भन्दा भित्र पुग्न नसकेका नालायक, राष्ट्रघाती तथा देशघाती ब्यक्तित्व लेण्डुप ।

नेपाल सिक्किमीकरणको कसरी उदाहरण बन्न सक्छ भने नेपालका नालायक तथा दलाल नेताको प्रयत्न नेपालको भूमि टुक्रयाउने जुन प्रयास छ त्यही नै सिक्किमकरणको बलियो उदाहरण हुन जान्छ । हमारा जनक र बुद्ध हमारे देशमे जन्म हुवा हे भन्ने भारतको ईच्छा अभिष्ट पुरा गर्ने तत्लीन भारतका कारिन्दा तथा दलाल नेपाली नेताहरुको सुझबुझले नै आज प्रदेशको सिमाकंन भएको, त्यसले सिक्किम झैं नेपालको महत्वपूर्ण भागहरु भारतमा मिसिएर जाने छ भने नेपाल भन्ने देश त विश्व नक्सामा त रहला तर टुक्रिएर सानो भागमा रहनेछ, त्यसमाथि पूर्ब देखि पश्चिम सम्म भारतले नेपालको भूमि खोस्रिदा खोस्रिदा सानो बनाईसके । तसर्थ नेपाल सिक्किम बन्छ भारतमा अघि नेपाल गाभिएर र लेण्डुप बन्छन हाम्रा कोईराला, दाहाल, भट्टराई, नेपाल, ओली, देउवा, थापा तथा केही बहादुरहरु ।

हामीले के बुझनुपर्छ भने नेपाललाई भुटानीकरण, सिक्किमीकरण तथा फिजिकरणको सम्मिश्रण बन्नबाट हामीले रोक्नुपर्छ । सम्पूर्ण राष्ट्रवादी देशभक्ति तथा राजसंस्थाभक्त जन्ताले के बुझनु जरुरी छ भने आधा नेपालको र नेपालीकरणको लागी कुनै पनि हालतमा राजसंस्था र धर्म स्वीकार्य छैन । गरुड पुराणमा लेखे अनुसार मान्छे मरेपछी आत्मा भडकदै राम्रो स्थानको खोजिमा जान्छ रे । जसले नराम्रो कर्म र पाप गर्छ उ दक्षिणतिर हानिन्छ रे अथवा जान बाध्य हुन्छ रे । गरुड पुराणको उन्नाईस हजार सार मध्येबाट चौध सय छयाहत्तर सार भएको प्रेत कल्प श्लोकमा मानिसले सुमार्गमा लाग्न र दक्षिणको बाटो प्रेत आत्मा जानु भनेको नर्क मध्ये सबैभन्दा नराम्रो स्थानमा प्रवेश गर्नु हो । प्रेत आत्मा दक्षिण जान अत्यन्तै कराउँछन रे तर जस्तो कर्म गर्छ उस्तो भोग गर्नै पर्छ भन्ने गरुड पुराणमा उल्लेख छ । दक्षिणतिरको नर्क प्रवेश नगरुन भन्ने हेतुले त्रास र डर देखाई राम्रो कर्म गरुन भन्ने प्रवचन सुनाईन्छ तर प्रचण्ड पथले त सत्र हजार माथि भोला जिवनहरु क्षति बनाई आफु नमर्दै दक्षिणको बाटो लम्के जसले गर्दा आज हामी देश रहला नरहला भन्ने बहस छेडदै छौं ।

अन्तमा हामी धु्रवीकरण हुन अत्यन्तै जरुरी छ, राष्ट्रघाती बिरुद्ध एन्र्बटो चन्द ठकुरीले फेसबुकमा आफनो भावना ब्यक्त गरे झैं सच्चा देशभक्ति र न्यायप्रेमी जनताहरु राजा देखी सिपाही सम्म क्रान्तिको लागि एक जुट भई उठनै पर्छ । कलम लिनेहरु कलम लिएर र बन्दुक हुनेहरु बन्दुक लिएर उठनै पर्छ । गाउँ गाउँबाट बस्ती बस्तीबाट उठनै पर्छ । लेख्ने कलमहरु राष्ट्र र देशप्रति सर्मपित हुनै पर्छ । हतियार उठाउँछु भन्नेहरु पनि आफनो निजी स्वार्थ भन्दा पनी राष्ट्र सुरक्षा र जनताप्रति सर्मपित हुनैपर्छ । हामी राजाबादी शक्ति हौं भन्ने फगतका हुलियाहरु झैं हामी यती सेना तयार पार्छौ उती सेना तयार पार्छौ पर्या बखत एक हजार शसक्त सेना ल्याउँछौं राजाको बिरुद्ध बोले टाउको काटछौं, सडकमा हतियार नचाउँछौ भनी हावा तथा बकवास कुरा गर्ने तर कुनै कार्यक्रममा दुई जना मानिस ल्याउन नसक्ने र पैंशा भए ट्रक का ट्रक मानिस ओर्साछौं भनी फोकटको गफ हाक्ने छुलीयाहरुको जमातले केही लछारपाटो लाउन सक्दैन । हतियारको अनुहार कहिले नदेखेका हुलले हामी युद्ध गर्छौ भन्नेहरुले र हतियार उठाएपछि बिसाउन नजान्ने प्रचण्ड जस्ता हुतिहाराको नेतृत्वले कही माखो मार्दैन भन्ने ज्ञान राखौं ।

बच्चै देखि हतियार चलाउनेले शिकार खेल्दैं हुर्केकाले त बाघ अकस्मात अगाडी देखि भने कट्टुमै पिसाव फुस्काउँछन भने कसैको जीवनलाई मृत्यु सैंयामा सुताउनेलाई त हजार पल्ट सोच्न बाध्य हुन्छ । तसर्थ हतियार भन्ने कुनै पतली खेलाई होईन । चीनले आफनो आर्थिक अभिष्ट पुरा गर्न थालनी गरेको सिल्क मार्गमा परि आएको खण्डमा तथा आफनो देशको सुरक्षार्थ साठी भन्दा बढी देशमा सिधै सैनिक सहित प्रवेश गर्न सक्छ भन्ने हामी यी नेपालीकरण गर्ने दलाल, हुतिहारा, नालायक बिदेशीका गुलाम नेताहरु बिरुद्ध धावा बोल्न नसक्नु र बिदेशीको हेपाई र मिचाई बिरुद्ध चु सम्म बोल्न नसक्नु हामी जनता नैं सरमहारा हौं भन्ने लाग्छ । त्यसको बिरुद्ध राष्टघाती तथा देशघाती बिरुद्ध एउटै पथ आविस्कार गर्नु वा निर्माण गर्न समेत नसक्नु पनी एउटा गम्भिर कमजोरी हो । तसर्थ ती राष्ट्रघाती बिरुद्ध जागौं र जुटौं ।
जय गोरख, जय राष्ट्र

प्रतिक्रिया