अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

परदेशी युवाको प्रेममा लक्षित ‘सालैजो’ भाका सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ १४ गते ८:३५ मा प्रकाशित

अन्जना सारु मगर र शेरजंग आले मगरको सालैजो गीत सार्वजनिक भएको छ । बिदेसिएका युवाको कहानीलाई लक्षित गरिएको गीतलाई शेरजंग आलेले लेखेका हुन् भने खेम राना मगरले संगीत भरेका हुन् ।

गायीका अन्जना अहिले चलिरहेको ईमेज लोक कलाकारको टप १० मा परेकी प्रतिस्पर्धी हुन् भने नव गायक शेरजंग आले लोक गीतमा राम्रो संभावना बोकेका गायक हुन् ।

परदेशीका युवाहरुको कथा बोकेको यो गीतमाथी बनेको भिडियो पनि भखरै सार्वजनिक भएको छ ।  पाल्पाको  जल्पामा पहिलो चोटी सुटिङ्ग गरिएको मौलिक र टिपिकल सालैजो गीतमा छुट्टीको बेला घरमा आउदा रोधी बसी आफ्नो मायालुसंग विदेशको सुख दुख गीत मार्फत प्रस्तुत गरिएको क्षणलाई चित्रण गरिएको छ ।

गाउँ तिर प्रयोग हुने सरल शब्द समाबेश गरिएको यो गीतमा आफु विदेश जानु भन्दा पहिले चिनो रुमाल दिएको, संगै घास काटेको, रोधी बस्दै जिस्केको कुराहरु सम्झिदै ति मिठा पलहरु कहिल्यै भुल्न नसक्ने कुरा प्रेमी प्रेमिका बिच साटासाट भएको छ ।

एडभेन्चर फिल्म्स को दृस्य निर्माणमा तयार भएको भिडियोमा तिर्सना आले मगर र कृष्ण बराल मगरको अभिनय रहेको छ ।
भिडियोलाई मनोज चौहानले खिचेका हुन् भने नबिन घर्ति मगरले निर्देशन र सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=uFM4hiwgBvQ

प्रतिक्रिया