अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

कोरियोग्राफर तथा मोडल विपना अब गायीका पनि

बिआरटीनेपाल २०७३ माघ १३ गते १०:५२ मा प्रकाशित

‘कलेज क्वीन नेपाल’ र ‘सिन्ड्रेला’ नेपाल’ जस्ता प्रतियोगिताको कोरियोग्राफी गरेकी मोडल तथा कोरियोग्राफर विपना थापाले अर्को पनि परिचय थपेकी छन् । म्युजिक भिडियो र विभिन्न इभेन्टहरुमा आफूलाई व्यस्त गराउँदै आएकी विपनाले गायन कलालाई पनि संगै लैजाने भएकी हुन् ।

गायिका पनि परिचय थपेकी विपनाको स्वर रहेको ‘तिमै्र नाउँमा यो जीवन’ बोल गीत भर्खरै सार्वजनिक भएको छ । राकेश गुरुङको म्युजिक एरेञ्ज रहेको गीतमा शब्द तथा संगीत प्रमोद कोइरालाको रहेको छ ।

बिपनाको आवाजमा रहेको ‘तिमै्र नाउँमा यो जीवन’ गीतमाथी म्युजिक भिडियो पनि निर्माण भएको छ । मंगलबार र बुधबार चोभारमा छायांकन गरिएको यस गीतको भिडियोलाई अर्जुन अधिकारीको निर्देशन गरेका हुन् ।

आफ्नो गीतमा विपनाले नै मोडलिङ गरेकी छन् । विपनासँगै भिडियोमा समिम खानको अभिनय रहेको छ । यस म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले तयार गरेको पहिरनमा विपनालाई देखिनेछ ।

हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई केही दिनमै दर्शकले हेर्न पाउन साथै आफ्नो पहिलो गीत भएकाले भिडियो निर्माणमा पनि मिहिनेत गरेको विपनाले बताएकी छन् ।

प्रतिक्रिया