अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

भारतमा भएको दुर्घटनामा १५ जनाको मृत्यु

बिआरटीनेपाल २०७३ माघ ७ गते २३:५३ मा प्रकाशित

नयाँदिल्ली, माघ ६ गते । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ ।

घटनामा परी अन्य केही घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेमा बसका चालकसमेत रहेका छन् ।

एलिगाञ्जमा निकै दुःखद दुर्घटना भएको छ, १५ जनाको मृत्यु भएको छ, घाइतेहरुको उद्धार तथा उपचार भइरहेको छ, उत्तर प्रदेशका उच्च प्रहरी अधिकारी जभिड अहमेदले ट्विट गर्नुभएको छ । उहाँले मृतकको सङ्ख्या बढ्न सक्ने पनि बताउनुभएको छ ।

बस र ट्रक एक आपसमा ठोक्किनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर जाडोको समयमा बिहानमा निकै बाक्लो कुहिरो लागेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

भारतमा गत वर्ष मात्रै झन्डै एक लाख ५० हजार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दैनिक चार सय जनाको मृत्यु हुने गरेको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गर्नुभएको छ । रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू