अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

३२ वर्षदेखि अन्याय खेप्दै न्यायाधीश

बिआरटीनेपाल २०७३ माघ ६ गते १९:३८ मा प्रकाशित

न्याय नपाए अदालत जानू, न्यायाधीसले न्याय दिलाउँछन् । कानुनी राज्यमा विश्वास राख्ने आम मानिसमा यो भर मात्र छैन, न्यायाधीश प्रति आस्था पनि उत्तिकै छ । कतिपयले न्यायाधीसलाई ईश्वरकै प्रतिमूर्ति मान्छन्।  यो कथा तिनै न्यायमूर्तिको हो जो आफैं अन्यायको जाँतोमा पिधिँइरहेको छन् । एक होइन, दुई होइन, तीन होइन, ३२ वर्षदेखि । अझ आश्चर्य त सधैं अरूलाई न्याय दिने यी न्यायाधीसमाथि अन्याय गर्ने कुनै ब्यक्ती होइन । स्वयं राज्य हो । उनी अर्थात न्यायापरिषद्मा कार्यरत न्यायाधीस प्रकाशकुमार काफ्ले।

३२ वर्षअघि न्यायधीश नियुक्त उनले अहिलेसम्म कुनै बढुवा पाएनन्। उच्च अदालतका ८० जना न्यायाधीश नियुक्त हुँदा समेत आफू नपरेपछि उनी न्याय माग्न अदालत आएका छन्। उनले आफूलाई अन्याय भएको दावी गर्दै सर्वोच्च अदालतमा गरेको रिट निवेदनमा बिहीबार पहिलो सुनुवाइ भएको छ ।यो  आजको नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू