अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

के ए जी एम ऐतिहासिक रूपमा सफल भएकै हो त ? – रविन ब्रजाचार्य

बिआरटीनेपाल २०७३ माघ ५ गते २२:५५ मा प्रकाशित

विभिन्न पत्रिका एवं अनलाइन मिडिया लगायत फेसबुकमा हालै सम्पन्न ए जी एम ऐतिहासिक रूपमै सफल भएको वर्णन सुन्दै गर्दा के वास्तविक रूपमै सफलता भएकै हो त भन्ने जिज्ञासा धेरै एनारएनका सदस्यहरूको मनमा लागेको पक्कै हुनु पर्दछ। करिब ११ हजारको हाराहारीमा सदस्य रहेको यस संस्थाको साधारण सभामा झन्डै ६०० सदस्यहरूको उपस्थिति रहेको अनुमान गर्न सकिन्छ भने १० हजार भन्दा बढी सदस्य अनुपस्थित नै रहेको देखिन्छ । प्रतिशतको हिसाबमा हेर्ने हो भने कुल सदस्यको झन्डै ६ प्रतिशत सदस्यहरूको मात्र उपस्थिति देखिन्छ भने के विधान संशोधनको लागी आवश्यक गणपुरक कोरम पुगेको हो हैन भन्ने जानकारी दिइएको पनि मैले ध्यान पुर्‍याउन सकिन् । हुनत विधान अनुसार इमेल अथवा फोनबाट समेट उपस्थिति जनाउन सकिने व्यवस्था भएकोले गणपुरक सङ्ख्या पुर्याइएकै होला भनेर ध्यान नदिएकै हो ।

कुम्भ मेला राम्रै थियो । करिब एक वर्ष पछि अमेरिका भरीका एनारएन मित्रहरू लगायत विदेशबाट पाल्नु भएका दुई चार जना अतिथीहरु भेट्न पाउनाले दुई रात बिहानको पाँच बजे सुत्न जाँदा पनि अप्ठेरो महसुस गरिन् । त्यसमाथि कल्याण गुरुंग दाजुबाट नेपालको हालको राजनैतिक अवस्था बारे जानकारी सुन्न पाउनु खुसीकै कुरा हो, रमाइलो भयो ।

अधिवेशनको साइड लाइनमा अधिवेशनमा भाग लिन आउनु भएका विभाजित जन सम्पर्कका मित्रहरू बिच मेल मिलाप कायम गरी एक ढिक्का भई बाहिर निस्कनु भएको देखेर मेरो खुसीको कुनै सिमाना थिएन् भने उपस्थित मित्रगणहरु मध्ये एक दुईजनालाई छोडेर हाल हुँदै गरेको निर्वाचनमा मेरो कोषाध्यक्ष पदको उम्मेदवारीलाई समर्थन र सहयोग गर्ने बाचा पाएर आफ्नो जित सुनिश्चित भएको र कार्य समितिमा बसेर एनारएनको सेवा गर्ने मौका पाउने कुरामा ढुक्कहुन पाए ।

साधारण सभा पश्चात् नेजाले आयोजना गरेको कार्यक्रममा आफ्नो उम्मेदवारी सम्बन्धी कुरा राख्न ५ मिनेटको समय दिनु भएको थियो, जसमा मेरा धारणाहरु राखें र टेक्ससबासी मित्रहरुको मन जित्न सफल भएँ साथै अमेरिका भरीका साथीहरूले बिआरटि नेपाल डट कम मार्फत लाईभ हेर्न र सुन्नु भयो, पक्कै पनि मेरा कुराहरू सुनेर मलाई साथ दिने छन् भन्ने कुरामा म विश्वस्त छु । अवसरको लागी नेजा र बिआरटि नेपाल प्रति धेरै आभारी छु ।

खगेन्द्र जी सी बाहेक ICC का सबै सदस्यहरूको अनुपस्थितिले गर्दा कार्यक्रमा केही कमजोरीको महसुस गराइयो । विधानको छलफल भन्दा बाहेक सदस्यहरूले एनआरएन सम्बन्धी आफ्ना धारणाहरु राख्ने अवसर भने दिइएको थिएन् । तर जे सुकै होस, सदस्य हुन परिचय पत्र सहित आवेदन दिनु पर्ने भन्ने विधानमा लेखियो जसले गर्दा भोलीका दिनमा एनआरएनमा नक्कली सदस्यहरूको भरमा चुनाव जित्न कठिन बनाइएको छ । तर मैले प्रस्ताव गरेको एउटै क्रेडिट कार्डबाट कति जना सम्मसदस्यता बनाउन सकिने भन्ने प्रश्नको जवाफ विधानमा लेखाउन सकिएन । यसले गर्दा हाल पनि सदस्य साथीहरूले सदस्यता शुल्क कसैबाट तिरिदिने अपेक्षा गर्ने बाटो खुल्लै छोडेको छ ।

समग्रमा एजीएम ऐतिहासिक नै रह्यो । विधानका विषयमा सदस्यहरूले खुल्ला बहस गर्न पाए । टेक्ससबासी मित्रहरू र आयोजक मित्रहरुमा कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउनु भएकोमा बधाई एवं धन्यवाद ज्ञापण गर्दछु ।

भिडियो रेकर्डिङ  

प्रतिक्रिया