अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

‘दुर्लभ अवसर’ छोप्न प्रधानमन्त्री यूएई जादै

बिआरटीनेपाल २०७३ पुष २८ गते २०:२० मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (यूएई) सँग कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्षपछि पहिलोपटक सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको तीनदिने भ्रमणलाई परराष्ट्र मन्त्रालयले दुर्लभ अवसरका रुपमा विश्लेषण गरेको छ । यूएईको राजधानी आबुधाबीमा हुने विश्व उर्जा सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधि मण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

यूएईका यूवराज शेख मोहम्मद विन जायद अल नाहेयमको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री दाहालले सोमबार विश्व उर्जा सम्मेलनमा सम्बोधन गर्ने कार्याक्रम छ । दाहालले आइतबार यूएईका समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू