अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

इटालीका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

बिआरटीनेपाल २०७३ पुष २७ गते १०:१८ मा प्रकाशित

रोम, पुस २७ गते । इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भएको अस्पताल स्रोतले बुधवार जानकारी दिएको छ ।

फ्रान्ससँगको द्विपक्षीय वार्ता बैठकबाट फर्कनु भएका इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनी बाटैमा अचानक थला पर्नुभएको उहाँको कार्यालय चिजी प्यालेसले जनाएको थियो ।

चिजी प्यालेसले प्रधानमन्त्रीको रोगसम्बन्धी थप विस्तृत विवरण नखुलाए ता पनि इटालिको समाचार समिति आन्साले रोमको स्थानीय जेमेल्ली अस्पतालमा प्रधानमन्त्री जेन्टिलोनीको तत्कालै एन्जियोप्लास्टी शल्यक्रिया ९मुटु रोगसम्बन्धी गम्भीर र विशेष खालको शल्यक्रिया० सम्पन्न गरिएको र हाल उहाँको स्वास्थ्य स्थिति स्थिर र राम्ररी सुधार भइरहेको जनाएको छ ।

पेरिसबाट रोम फर्किने क्रममा अकस्मात् बिरामी पर्नु भएपछि उहाँलाई सिधै अस्पताल लगी भर्ना गरिएको थियो ।

प्रधानमन्त्री जेन्टिलोनी हाल ६२ वर्षको हुनुहुन्छ । इटालिको पूर्व प्रधानमन्त्रीसहित मन्त्रिमण्डलका सबै सदस्यले राजीनामा दिएपछि गत महिनादेखि मात्र उहाँले कार्यभार सम्हाल्न सुरु गर्नुभएको थियो ।

यसअघि, पूर्वप्रधानमन्त्री म्याटेओ रेन्जिको सरकारमा उहाँले विदेश मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । रासस÷एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू