अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

विविध सांस्कृतिक कार्यक्रमका साथ क्यानाडाको क्याल्गरीमा तमु ल्होसार तथा नयाँ वर्ष कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ पुष २४ गते १७:४० मा प्रकाशित

क्याल्गरी, क्यानाडा, विविधतामा एकता भन्ने मूल सन्देशका साथ शुभकामना आदानप्रदान गरी क्यालगरीको हेलेनिक सामुदायिक भवनमा तमु ल्होसार तथा अङ्ग्रेजी नयाँ वर्ष मनाइएको छ । क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसन (सी एन सी ए) को आयोजनामा भएको कार्यक्रममा क्यानाडाको अल्बर्टा प्रान्तीय सरकारका माननीय स्वास्थ्य सह मंत्री (एसोसिएट मिनिस्टर ) तथा क्यालगरी एकड़िया क्षत्रका एम एल ए ब्रान्डी पाएनॆ लगायत नेपाली समुदायका करिब २ सय जनाको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष्य दिव्य प्रधानले उपस्थित सबैलाई स्वागत गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । अध्यक्ष्य प्रधानले क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसनको प्रस्तावित “कम्युनिटी सेन्टर” परियोजनाको खाका र हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै समुदायका सम्पूर्ण सदस्यहरूलाई सहयोगको लागि समेत अनुरोध गर्नुभएको थियो। 

कार्यक्रममा अल्बर्टा प्रान्तीय सरकारका माननीय स्वास्थ्य सह मंत्री ब्रान्डी पाएनॆले सम्पूर्ण नेपाली समुदायलाई ल्होसार तथा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै स्थानीय नेपाली समुदायको कार्यक्रमहरूमा आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा याक्थुंग चुम्लुंग एसोसिएसन अफ क्यालगरीका कलाकार र अन्य स्थानीय कलाकारहरूले नेपालका संस्कृतिक विविधता झल्कने गीत सङ्गीत र नृत्य प्रस्तुत गरी मनोरंजन प्रदान गरेका थिए।

सी एन सी ए का पूर्व अध्यक्ष प्रेम गुरुंगले प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी १२ वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेका प्रतीकका रूपमा लिइने जानकारी दिनुभयो । प्रत्येक वर्ष पुष १५ को दिन वर्ष वर्ग फेरिने र यसपालि बाँदर वर्ष सकिएर चरा वर्ष सुरु भएको जानकारी समेत उहाँले दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू