अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

सार्वजनिक भयो दिप्सनको ‘याद’ (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष २० गते ५:५७ मा प्रकाशित

गायक दिप्सन क्षेत्रीको आवाजमा रहेको “याद” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । “दिप्सनको दिप” एल्बममा समाबेश सार्वजनिक गीतमा गायक क्षेत्री आफैंको शब्द-संगीत रहेको छ ।

गीतमा एरेन्ज भने सञ्जिब बराईलीको छ । श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालले मोडलिङ गरेका छन् । भिडियोमा कतै अनुजा र उपेन्द्रको मिलनको पाटो देखाइएको छ त कतै उनीहरुको विछोडको पाटोलाई पनि मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । अनुजाको यादमा उपेन्द्रको तड्पाई नै भिडियोले बोलेको छ ।

दुबई र अष्ट्रेलियामा खिचिएको यो भिडियोलाई दर्शक, स्रोताहरुले मन पराउनेमा गायक क्षेत्री विश्वस्त छन् । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर भिडियो सार्वजनिक गरेको बताउँदै दिप्सनले चाँडै “डर्टी दिप्सन” एल्बम बजारमा ल्याउन लागेको पनि बताए ।

प्रतिक्रिया