अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

तिवारीलाई सहिद घोषणा गर्ने प्रस्तावपछि शवको अन्तेष्टि

बिआरटीनेपाल २०७३ पुष ६ गते १९:४५ मा प्रकाशित

जिल्ला सुरक्षा समितिले सहिद घोषणा गर्ने प्रस्ताव गृहमन्त्रालयमा पठाएपछि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुधबार राती अन्तेष्टि गरिएको  छ ।

अन्तेष्टिपूर्व युवा संघ नेपालले प्रदेश विभाजन प्रस्तावविरुद्धको आन्दोलनमा सक्रिय भएकै कारण तिवारीको हत्या भएको भन्दै सहिद घोषणा गर्न माग गरेको थियो ।

समितिको निर्णयपछि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको शव पोष्टमार्टम गरेर बुधबार साँझ पौने ५ बजे शवयात्रा निकालिएको थियो ।

लामो तयारीमा हत्या

युवा संघको दाबी विपरित प्रहरीको अनुसन्धान टोलीले भने तिवारीको हत्या लामो समयको तयारी पछि भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । तिलोत्तमामा भेट्टाएको मोटरसाइकल नक्कली देखिएपछि हत्याको योजना केही महिनाअघि नै बनाइउको प्रहरीको दाबी छ ।

प्रहरीले बरामद गरेको मोटरसाइलको नम्बर ओखलढुंगाका व्यक्तिको रहेको पुष्टि भएको छ ।

घटनास्थल आएको केन्द्रीय समितिले छानबिन थालेको छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू