अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

अमेरिकाबासी मोहन गुरुङ्ग कतारमा सम्मानित

बिआरटीनेपाल २०७३ पुष ४ गते २३:३९ मा प्रकाशित

डिसेम्बर १८, अमेरिकाका वासिङ्टन स्टेटका यसिया प्यासिफिक कमिसनरलाई कतारमा सम्मान गरिएको छ । उहाँको सम्मानमा तमु समाज कतारले भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

संस्थाका महासचिव खुसी गुरुङले सञ्चालन गरेको थिए । उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष खेम गुरुङ्गले गरेका थिए भने प्रमुख अतिथि मोहन गुरुङ्ग रहेका थिए ।

mohan

संस्थाका भु पु अध्यक्ष कृष्ण गुरुङ्गको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा कतारबासी गुरुङ्गहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा तमु समाज कतारको बारेमा कृष्ण गुरुङ्गले जानकारी गराएका थिए ।

संसारकै शक्तिशाली र विकसित मुलुक अमेरिकाको एक राज्यमा हाम्रो जस्तो अबिकसीत देश नेपालका पनि अल्पसंख्यक गुरुङ्ग समुदायको प्रतिनिधित्व गरिनु हाम्रो लागि गौरवको कुरा हो भनी कमिसनरलाई संस्थाका अध्यक्ष खेम गुरुङ्गले सम्मान पत्र प्रधान गरेका थिए ।

संस्थाका प्रमुख संस्थापक बिल गुरुङ्गले आफ्नो परम्परा अनुसार खादा र फेटा लगाई दिएका थिए ।

अन्तमा प्रदेशमा कार्यरत गुरुङ्ग समुदायले आफ्नो अस्तित्वका लागि सङ्गठित भएको देखेर खुसी लाग्यो । मलाई पराई मुलुकमा पनि आफ्नो ठानी माया र सम्मान गरी दिएकोमा कमिसनर गुरुङले खुसी व्यक्त गर्नुका साथै धन्यवाद व्यक्त गरे । mohan-dai

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू