अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

नेपाली दूतावास तथा एनआरएन बेल्जियमद्वारा विभिन्न सङ्घ-सस्थाहरुसँग अन्तरक्रिया सम्पन्न

बिआरटीनेपाल २०७३ पुष ४ गते ६:३३ मा प्रकाशित

नेपाली दूतावास ब्रसेल्स तथा गैर आवासीय नेपाली सङ्घ बेल्जियम लगायत बेल्जियम स्थित सम्पूर्ण नेपाली सङ्घ-संस्थाहरू बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम लुभेनको ओन्जहाउस को सभा हलमा आइतबारका दिन सम्पन्न भएको छ ।

नेपाली दूतावास ब्रसेल्स का नव नियुक्त राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाली दूतावासका प्रथम सचिव ललिता शिलवाल एवं गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ बिशिष्ठ अतिथि, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदकि महिला उपसंयोजक रजनी प्रधान आईसीसी सदस्य चिजकुमारश्रेष्ठ साथै बेल्जियम रहेका जातीय, क्षेत्रीय, वैचारिक, सामाजिक, धार्मिक गरी करिब ४० सङ्घ-सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै राजदूत थापाले बेल्जियममा रहेका नेपाली सङ्घ संस्था हरू सँग कसरी समन्वय, सहकार्य गरी कसरी अगाडी बढ्न सकिन्छ भन्ने पाच वटा अवधारणा प्रस्तुत गरेका थिए । विभिन्न सङ्घ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुले राखेका जिज्ञासा, सुझाव-सल्लाह लगायत टिप्पणी हरुको बारेमा राजदूत थापाले प्रस्ट पारेका थिए । belgium-3

गैर आवासीय नेपाली सङ्घ बेल्जियम का अध्यक्ष गंगाधर गौतमले सभापतिको आसनबाट बोल्दै विभिन्न विषय हरुमा भएको छलफल तथा अन्तरक्रिया मार्फत उठेका विषय बस्तु ले सामूहिक प्रतिबद्धता जाहेर गरेमा सबैको समान दायित्व र समदुरी समक्ष भएर अगाडी बढ्न प्रेरणा मिलेको र एनआरएन बेल्जियम सदैव नेपाल र नेपालीको साझा सवाल साथै पर्यटन प्रवर्धन, कला सस्कृति मार्फत नेपाल र नेपाली लाई चिनाउन सदैव हातेमालो गर्ने बताएका थिए ।

एनआरएन तथा बेल्जियममा रहेका नेपाली सङ्घ-संस्था हरू सँग दूतावास ले गरेको यस्तो किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रम पहिलो पटक भएको प्रशंसा गर्दै नव नियुक्त राजदूत बाट उहाँको कार्यकाल मा धेरै सकारात्मक कार्यहरूको अपेक्षा गरेको सहभागी हरुले बताएका छन् । साथै नेपाली दूतावास बेल्जियम का राजुत लोक बहादुर थापाले नेपालको भिसा प्रक्रियामा हुने ढिलाइ को बारेमा उठेको प्रश्न को जवाफमा दूतावासले अव देखि एक दिनमै भिसा प्राप्त गर्न सकिने व्यवस्था समेत मिलाउने जानकारी गराएका थिए भने उक्त कार्यक्रम गैर आवासीय नेपाली सङ्घ बेल्जियमका महासचिव लोक दाहाल ले सञ्चालन गरेका थिए । belgium-2

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू