अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

योग साधनका एक सफल वक्ता र व्यक्ति (आचार्य राजन) भीमसेन सापकोटा

बिआरटीनेपाल २०७३ पुष ३ गते ९:०८ मा प्रकाशित

“आचर्य राजन “नामले प्रचलित एक माहान, समुन्द्र झैँ कन्चन भाव,विशाल हिर्दयको धनी जसलाई म भीमसेन सापकोटाको नामले चिन्थे | त्यसै प्रसङ्गमा सम्झीए एक विद्धानलाई ” कन्फ़्यूशियसले भनेका थिए ” शब्दहरूलाई नापी तौली गरेर बोल्नु यसले तिम्रो सज्जनता देखाउँछ ।

टाढावाट भएको परिचय जब निकट हुने अवसर प्राप्त भयो त्यो बेला मैले अझै भीमसेन जीलाई बुझ्ने,पढ्ने,र मनन गर्ने अवसर पाए | भीमसेन जीको भाषाको निर्माण र प्रस्तुतिमा एउटा विशेष कला र चमत्कार छ । भाषणमा लोकप्रियताको साथै श्रोतालाई जित्ने कला छ । मैले भीमसेन जीको धेरै योग,लगायतका विभिन्न खालका भिडियो सुन्दै आएकी छु जसमा हालै योग साधनका बारेमा अङ्ग्रेजीमा दिनुभएको स्पीज सुनेर दर्शकहरूले तीन पल्ट ताली लगाए । अनि भीमसेन जीले त्यसलाई विराम दिएर स्वीकार गर्नु भयो र भन्नु भयो धन्यवाद । यहाँ हामीले गहन विचार गर्न सक्नु पर्छ कि यो अत्यन्तै राम्रो पक्ष हो | भीमसेन जी हरेक स-सानो कुरामा सचेत र सम्मन गर्न जान्नु हुन्छ जसले हामीले ठुलो शिक्षाको पाठ सिक्न मदत गर्छ | भीमसेनजी जस्तो व्यक्तित्व भएको व्यक्तिलाई पाउनु समाज लगायत बिभिन् संघसस्था,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमाको सौभ्यता पनि हो जसको विचार हरेक ,कम,पद प्रतिको जिम्मेवारी लगायत गराई ,बोलाई,बसाइमा एउटा छुट्टै योगदान हुने र महत्त्वपूर्ण भूमिका हुने गर्दछ अनि अगल किसिमको अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्धि छ । अरूलाई आफ्ना विचारहरूबाट सहमत गराउने क्षमता छ । भाषण र संप्रेषण ( Effective Speaking and communication प्रभावकारी र सशक्त छ ।

भाषण सबैले गर्ने गर्छन् तर सबैमा त्यो आकर्षण हुँदैन किनकि बोल्नु र प्रभावशाली बोल्नु एउटा कला हो । भीमसेन सापकोटा जीले बडो आत्मविश्वासकासाथ आफ्ना कुराहरू राख्नु भई सफलताको शिखर चढ्दै हुनुहुन्छ जस्तै । शान्तिदूत मुक़र्रर हुनु भयो । गरिमामय पदबाट सम्मानित हुनु भयो यो हाम्रो लागि गर्वको कुरा हो |

मनमा आएका कुराहरू अरूहरूसम्म पुर्‍याउने माध्यम शब्द नै हो । यसलाई बुद्धिले निर्धारण गर्छ के बोल्ने र के नबोल्ने भनेर ।’ बूढापाखा हरुले भन्ने एउटा उखान याद आयो ” बोलीले नै जुताको मार पर्छ अनि त्यही बोलीले महको मिठ्सा चटाउँछ |” हुन पनि हो प्रतिभाशाली वाणीले व्यक्तिलाई सानो वा ठुलो बनाउँछ । मानिस जति सुकै विद्वान होस तर उसमा बोल्ने कला छैन भने उसले आफ्ना कुराहरू ठिक ढङ्गबाट राख्न जान्दैन । तर भीमसेन जीमा बिद्वता र बक्तृत्वकला दुवैको संगम छ । आफ्नो स्पीच मा भीमसेन जीले नेपाली भाषाको कुरा गर्नु भयो । युगको कुरा गर्नु भयो। शिवपुराणका समीचीन कुराहरू राख्नु भयो ।नेपालको भक्तपुर जिल्ला योगको जिल्ला भएको जानकारी दिनु भयो र भन्नु भयो ” शरीर माध्यम खलु धर्म साधनम् ”

अङ्ग्रेजी चाड चाडै बोलिन्छ र नेपाली बिस्तारै बिस्तारै । आफ्ना कुरा त्यहाँ अङ्ग्रेजीमा राख्नु भयो किन कि महुल अङ्ग्रेजी नै बुझ्ने थियो । जसरी लेख्दा कमा र पूर्णविरामलाई ध्यानमा राखिन्छ त्यस्तै बोल्दा पनि यस कुरालाई ध्यानमा राख्नु पर्दछ कि श्रोताले उनका कुरा सुनि त रहेका छन् । प्रत्येक शब्द आफैमा महत्त्वपूर्ण हुने भएकोले बोल्दा उच्चारण ठिक ढङ्गको हुनुको साथै बोल्दा वाक्य पुरा हुन पर्दछ ।

भीमसेन जीसंग धेरै राम्रा र मौलिक विचारहरू ,हुनुका साथै अनुहारमा देखिने आकर्षण बोली रहँदापनि हसिलो अनुहारमा दर्शक माझ आफ्नो कुराहरू मधुर मुस्कानमा साथ राख्नु यसले वक्ताको मिलन सारितालाई देखाउँछ । भाषण एउटा शक्तिशाली उपकरण हो । दुनियाँमा एउटा यस्तो भाषा छ जसलाई दुनियाँका सबै मानिसले बुझ्दछन त्यो हो उत्साह , उमंग , र कर्म । यी सम्पूर्ण सबै गुणहरू भीमसेन जीमा छ ।

अस्ट्रेलियाको भीमसेन सापकोटाको घर तीर्थ स्थल जस्तो छ । तीर्थंको अभिप्राय हो पुण्य स्थान । पुनीत स्थान । यहाँ आउनेमा पवित्रताको सञ्चार हुन सकोस । तीर्थहरूका साथ धार्मिक पर्वहरूको विशेष सम्बन्ध छ । ती पर्वहरूमा जाने जन हरूको तीर्थ यात्राको विशेष महत्त्व हुन्छ । यस्तो मान्यता छ कि ती पर्वहरूमा तीर्थ स्थलबाट विशेष पुण्य प्राप्त हुन्छ । यस्तै वातावरण छ अस्ट्रेलियाको भीमसेन सापकोटाको घरको । पुण्य संचयको कामनाबाट म त्यहाँ गएकी थिएँ । मलाई लाग्यो म धार्मिक कर्तव्य गरी रहेकी छु वहाँका प्रवचन सुनेर । वहाँका परिवार जनहरू पनि अति भद्र सज्जन र सहृदय । अतिथिलाई देवरूपमा मान्ने । “अतिथि देवों भव “को भावनाबाट ओतप्रोत ।

पुण्यको संचय पापको निवारण नै तीर्थंको मुख्य उद्देश्य हो । मैले त्यो त्यहा अनुभूत गरेँ । मानव समाजमा तीर्थको कल्पना विस्तारबाट भएको हो । मलाई त भीमसेन सापकोटा जीको घर नै तीर्थ स्थल लागि रहेको थियो ।
मैले भागवत् गीताको कुरा सम्झन लागें । भागवत् गीतामा भक्तहरूलांई नै तीर्थ स्थल बनाएर युधिष्ठिर विदुरलाई भन्दछन कि भगवानको प्रिय भक्त स्वयम् नै तीर्थ समान हुन्छन् । सांचै नै भीमसेन सापकोटा जीको घर र परिवारको श्रद्धा ,सत्कार,तिर्थ समान नै पाइन्छ ।

यदि तपाईँको मन निर्मल छ र मेरो कुरामा विश्वास लाग्छ भने तपाईँ भीमसेन सापकोटाको घरबाट तीर्थको पुण्य – लाभ उठाउन सक्नु हुन्छ ।
किन कि मैले यो अवसर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको विशेष कार्यक्रममा सहभागी हुने सौभाग्य पाएँ अस्ट्रेलिया पुगेर । अनि त्यही मेरो यस्तो महान् पुन्यआत्मासंग भेट भयो । जो भीमसेन सापकोटा जी हो | मेरो पुन्यफल भनौ केहिदिन बैनी सानु घिमिरेको घरमा बसे अत्यन्तै शान्त वातावरण र पछि सौभाग्यले भीमसेन जीको घरमा दुइरात बस्ने सु अवसर पाएँ । अनि सम्झे कबीरको वाणी !

” तू कहता काग़ज़ की लेखि ,
मै कहता आँखन की देखी ,
तेरा मेरा मनवा कैसे एक होय रे ! ”

जो मैले आफैले अनुभूत गरेका कुरा हुन त्यसैले लेख्दा मलाई कुनै संशय गर्ने कुरै भएन ।” सत्संग एउटा त्यो ढोका हो जसले मानिसलाई मानव हुनुको दायित्व बोध गराउँछ र सुन्दर जीवन बाँच्न प्रेरित गर्दछ | ओम् शान्ति:शान्ति: शान्ति :

प्रतिक्रिया