अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

राजा महेन्द्र शाहप्रति भावपूर्ण श्रद्धासूमन अर्पण गरौँ 

बिआरटीनेपाल २०७३ पुष १ गते १२:३९ मा प्रकाशित

अभागी हो त्यो देश जहाँ नायक छैन गलत !
अभागी हो त्यो देश जसलाई नायक चाहिन्छ |”
– ब्रर्तोल्त ब्रेष्ट

विश्व प्रख्यात नाटककार ब्रतोल्त ब्रेष्टको माथि उल्लिखित संवाद यहाँ कुन अर्थमा सान्दर्भिक लाग्यो मलाई किनकि अझै पनि हाम्रो एसियासम्म भोगको चेतना नायक नचाहिने उचाइमा पुगिसकेको छैन । त्यसले आज राजा महेन्द्रको जस्तो नेतृत्वको खाँचो तटकारोरूपमा देखा परेको छ देशमा |”

यदाकदा विज्ञ आफूलाई भन्ने बुद्धिजीवी,राजनीति कर्ताहरुले राजा महेन्द्रलाई पर्यन्त नेपालको इतिहासमा नानाभाती खलनायकको रूपमा चित्रण गर्दै आएका छन् तर आजको देशको अवस्थामाथि विचार गर्दा यति बेला इतिहास पुनरावलोकन गर्न जरुरी भएको देखिन्छ । राजा त्रिभुवनलाई नायक र महेन्द्रलाई खलनायकका रूपमा नामकरण गरी आजका राजनीति गतिछाडा कार्यकर्ताहरूले विस्थापित गराइए , यो सर्वथा गलत थियो र छ ।

mahendra-bir-bikram-shah

याद रहोस् राष्ट्रघाती देशद्रोही नेताहरूलाई राष्ट्रियताको संबर्द्धन मा देशलाई समृद्ध बनाउन भारतको मात्र भरोसा गरेर बस्न नहुने ठहर गर्दै राजा महेन्द्रले २०१२ साल साउन १७ गते चीनसँग दौत्य सम्बन्ध स्थापना गरेका थिए । राष्ट्रिय विकासका निम्ति विदेशी स्रोत–साधन र सहायता जुटाएर अघि बढ्न सोही साल असोज २२ गते प्रथम पञ्चवर्षीय योजनाको घोषणा गर्ने राजा महेन्द्र अविस्मरणीय छन् अझै भन्नु पर्दा संसारका करोडौं बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गर्न कात्तिक महिनाको अन्तिम हप्ता चौथो विश्व बौद्ध सम्मेलन नेपालमा आयोजना गरी विश्वलाई नेपाल शान्तिको शान्तिको देश भनेर चिनाए यो धार्मिक कूटनीतिको सुन्दर उदाहरण थियो |

यो कुरामा भारतको आखाँ पहिले देखिनै लालायित भएकोले आजसम्म लुम्बिनी प्रतिको मोह रहेकोले उसले अनेकौ लालचा दिँदै नेताहरुहरुलाई आफ्नो कब्जामा लिने प्रयत्न नगरेको होइन तर आजका नेताजस्ता राष्ट्रघाती पहिलाका जिम्मेवारी नेताहरूमा देशप्रतिको माँया भएकोले असफल रहदै आएको तिनै छिमेकी राष्ट्र भारतले आफ्नो शक्तिको प्रयोग गर्न हिन्दी भाषाको नेपालमा अत्यधिक दवदवा दिँदै आएतापनि ,त्यो बेला राजा महेन्द्र वीरविक्रम शाहदेवले नेपाली भाषालाई राष्ट्र भाषाको रूपमा स्थापित गरेर यसलाई देश व्यापी बनाउनु भयो ।

वहाँको त्यस बेलाको एउटै भाषा एउटै भेषको नीति कति दूरदर्शी थियो भन्ने कुरा आज आएर सान्दर्भिक प्रमाणित भएको छ । अहिले नेपाललाई जातको आधारमा , भाषाको आधारमा विभाजन गर्ने दुस्प्रयासहरू देशद्रोही ,भारतीय दलाल उच्च पदमा रहेका राष्ट्रघाती नेताहरूले गर्ने घिनलाग्दो षड्यन्त्र सबैको सामु छर्लङ्गै छ । जबकि राजा महेन्द्र शाहले भाषा र भेषभूषाकै आधारमा समेत देशलाई एक सूत्रमा बाध्ने काम गर्नु भयो । वहांको समयमा सामाजिक सुधार , भारतीय सेना फिर्ता , अर्थतन्त्रको कायापलट ,राष्ट्रियताको सम्बर्द्धन आदि महत्त्वपूर्ण काम भएका थिए भने धेरै राष्ट्रहरुसीत आफ्नो मित्रता बढाउन श्रीलंकाको भ्रमणको परिणामस्वरूप श्रीलंकासँग दौत्य सम्बन्ध स्थापना गरी २०१४ सालमै नेपाल र अरबबीच दौत्य सम्बन्ध स्थापना भयो र लगतै एकबर्ष मै सङ्घीय गणतन्त्र जर्मनीसँग दौत्य सम्बन्ध स्थापना गर्नु भएको राजा महेन्द्रले कूटनीति नै राष्ट्राध्यक्षको परीक्षा हो भन्ने बुझी २०१५ साल जेठमा रुस, युरोप र अफ्रिकाको भ्रमण गरेर धेरै राष्ट्राध्यक्ष, सरकार प्रमुख र वरिष्ठ कूटनीतिज्ञहरूलाई हितैसी बनाई अर्को महिना नर्वे, स्विडेन, फिनल्यान्ड, डेनमार्क, पश्चिम जर्मनी, हल्यान्ड (नेदरल्यान्डस्), फ्रान्स, अस्ट्रिया, इटली, स्पेन, केन्या, पाकिस्तान र भारतको भ्रमण गर्नु भएको थियो |

त्यसै गरी २०१६ सालमा अस्ट्रिया, पोल्यान्ड, मलेसिया, थाइल्यान्ड र युगोस्लाभियासँग नेपालको दौत्य सम्बन्ध स्थापना गरी ग्रिस, फिलिपिन्स, बर्मा, पाकिस्तान, अस्ट्रेलिया, चेकोस्लोभाकिया, नेदरल्यान्डस् सोही वर्ष नेपालसँग कूटनीतिमा आबद्ध भएक थिए |

स्वदेशमा हजारौँ योग्य जनशक्ति आवश्यक रहेको तथ्यसँग अवगत राजाले विभिन्न भागमा कलेज र कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय स्थापना गराउनु भयो । त्यसैले आज वहाँको जन्म जयन्तीको दिन सच्चा देशभक्त राष्ट्र र जनताले सम्झने दिन यस्तो दिनमा कोही पनि कृतध्न नबनौ ! आज राजा महेन्द्र शाहको असलकामहरूलाई सम्झौ र सम्मान गर्दै भावपूर्ण श्रद्धासूमन अर्पण गरौँ नेपाल नै नरहे ,नेपाली कहाँ रहुला भन्ने नाराले आफ्नो उत्तरदायित्व पुरा गरौँ ।

प्रतिक्रिया