अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

अमेरिकामा सानै थैलिले आर्थिक समुन्नति एबम सम्ब्रिदीको स्वतन्त्रता हात पार्न सकिन्छ

बिआरटीनेपाल २०७३ पुष १ गते १२:२७ मा प्रकाशित

सानै थैलि र सानै वालेट अर्थात् सानै बिउ मनि (सिड मनि)ले पनि अमेरिकामा आर्थिक समुन्नति एबम सम्ब्रिदिको स्वतन्त्रता हाता पार्न सकिन्छ भन्दा जिब्रो काट्ने धेरै छन् वारिपारि प्रवासमा तर आर्थिक सम्ब्रिदिका लागि अब सपनामा मात्र हैन बिपनैमा घर, आगन र दैलैमा ढुकिरहेको छ अवसरले। टिप्ने काम चाहिँ तपाइ हाम्रै हो तर यस्तो चाहिँ नहोस कि भुइको टिप्न खोज्दा पोल्टाको चाहिँ नपोखियोस अर्थात् ग्रिडिनेस र रसिङ्गले अवसर कण्ठिको दूध उम्लेर पोखिए जस्तो ।

आफ्नो पे चेक आफै काटि आफ्नो साहु आफै बन्न मात्र चाहियो प्रतिबद्धता, केही अनुभव, ठुलो र चौडा छाती, असाध्यै अरूको कुरो सुन्ने बानीमा कटौति र आफै आत्म निर्णय गर्न सक्ने ब्यहोरा, थोरै विवेक र चिन्तन र केही गर्नु पर्छ मैले भन्ने आत्मबिस्वास र केही गरौँ भन्ने इच्छा शक्ति, जोखिम मोल्न सक्ने मर्दको आट पनि व्यवसायको धमनि भने भयो तर कुरोको मूल चुरो चाहिँ अब कहाबाट सुरु गर्ने त व्यवसाय? भुई बाट, छतबाट, भर्याङ्गबाट, झ्यालबाट, ढोकाबाट, छानाबाट, घरबाट, दोबाटोबाट, छिमेकबाट, चौतारीबाट वा सडकबाट? ३ डलर कमाएर ४ डलरको धक्कु लगाउने, फुइफुट्टी र गुड्डी हाक्ने व्यवसाय गरेर खाने चरित्रका होइनन भनेर बुझे हुन्छ। । आफुसङ्ग २ डलर भएर ५ डलरको रबाफ परिश्रमिको पहिचाहन होइन नै। हार्ड वर्करहरु कुरो भन्दा काम नै बढी गर्ने हुन्छन् भन्दा प्रवासका गफाडीहरुले धज्जि उडाउलान तर सत्य चाहिँ त्यही नै हो जीवनको महत्त्वपूर्ण समय उत्पादन र सुन्दर ढङ्गले उपयोग गर जसबाट प्राप्त हुने सफलताले तिमीलाई आफै गौरव गर्ने स्थान सिर्जना गरोस।

कपाल नभएकालाइ काइयो, खल्ति नभएकालाइ वालेट र नङ नहुनेलाइ नेलकटर बेच्न सकेमात्रै व्यावसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने एउटा उत्तम कला हो जुन कथा र कथनिहरु उसबेला महाकवि लक्ष्मी प्रसाद देवकोटाले भने जस्तै उद्देश्य के लिनु उडि छुनु चन्द्र एक भने जस्तो कहिल्लै एक्सपायर्ड हुने छैनन। । चिनि र नुन शरीरका आवश्यक नभै नहुने तत्वहरु त हुन तर अधिक उपयोगले हानि निम्त्याउने मुटु रोग र मधुमेय पनि मानव सामाजमा साधारण बनिसके।

५ र ५ जोड्दा १० पनि हुन्छ र त्यही ५ र ५ मिलाउदा गुणामा २५ हुने जिन्दगीको म्याथ पनि बुझि नसक्नु छ। तर तन, मन १० र २५ तिर लगाउदा उद्देश्य र लक्ष्यमा र प्राप्तिमा आकाश र जमिनको अन्तर हुने त्यो चाहिँ लाटै हिसाब हो अहिलेको द्रुत प्रविधिको दुनियामा।

अहिलेको सन्चारजगत, नेटवर्किङ्ग, बढ्दै गैरहेको सामुदायिक सचेतता र चेतना, सामाजिक सञाल र प्रविधि हेर्दा हेर्दै लङ्का र हिमाल चढे। समयसापेक्ष चल्न सके उल्लिखित मनुष्यको प्रगतिलाई अवलम्बन गर्न सके पूर्वमा बस्नेलाइ पश्चिमकाले, उतरकाले दक्षिणकालाइ र कुनामा बस्नेलाइ छेउकाले ज्ञान, अनुभव, सफलता,आवश्यकता र मर्दा र पर्दाको भावना बाडिचुडि लिन सके मात्रै आर्थिक सफलता अधिकाशले प्राप्ति गर्न सकिनेमा दुइमत छैन। त्यति बेला सबैका चाहना आर्थिक प्रगति एबम आफै साहु बन्ने र आफ्नो पे चेक आफैले काट्न बेर नलाग्न सक्छ त्यति बेला मात्रै समाजले पनि प्रत्यक्ष र अप्रत्यक्ष लाभ प्राप्त गर्न सक्छ जुनबेला एकको सहयोग अर्कोलाई आबयस्यक पर्नेछ। आर्थिक प्रगति गर्ने अवसर, सुरक्षा, सरक्षण र अधिकारको प्रत्याभुति दिएको छ अमेरिकाले सबैलाई तर छरपस्ट छरिएको अवसर टिप्ने कला र प्रविधि चाहिँ तपाइ हाम्रै हातमा छ जुन जुन घाम जस्तै छलङ्ग पनि।

प्रतिक्रिया