अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

भारतमा रहेका नेपालीलाई परेको नोटबन्दीको समस्याबारे नयाँ दिल्लीमा छलफल हुँदै

बिआरटीनेपाल २०७३ पुष १ गते ८:५९ मा प्रकाशित

अहिले भारतभरी नोटबन्दीको ठुलो असर परेको छ । भारतमा मात्र हैन यसको असर छिमेकी रास्ट्र नेपालमा पनि देखिएको छ । भारतमा लाखौं नेपाली रोजागरको शिलशिलामा कार्यरत छन् । केहि मान्छेक बैंक एकाउन्ट भएपनि धेरै जसो नेपालीको भारतमा बैंक एकाउन्ट छैन । अझै पनि त्यस्ता ब्याक्तिहरु अन्योलमा छन्, अलि अलि गरेर कमाएको पैसा कहाँ राख्ने ? के गर्ने ? भन्नेमा ।

सोहि कारण भारतमा बस्ने नेपालीहरुलाई परेको मर्कालाई महशुष गरी एभरेष्ट बैंक भारत शाखा एक अन्तरक्र्रिया कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको एभरेष्ट बैंकका भारत प्रतिनिधि भरत कार्कीले जनाकारी दिएका छन् । खास गरी प्रवासीहरुलाई नोठबन्दीको कारणले समस्या पारेको र यसको निकास के हुन सक्छ ? भन्ने बिषयमा छलफल गर्न एभरेष्ट बैंकको तर्फबाट भरत कर्की र पन्जाव नेसनल बैंक भारतको तर्फबाट दिपक कुमार चोपडाले सो छलफल कार्यक्रममा सङ्गठनका प्रतिनिधि, पत्रकार, आदिलाई उपस्थित भई यो बिषयमा आ(आफ्नो धारणा राखिदिन आह्वान गरेका छन् ।

अन्तरक्रिया कार्यक्रम यही डिसेम्बर १९ तारिको दिन अर्थात् सोमबारको दिन दिउसो २स्३० बजे नेपाली राजदुतावासको कन्फेरेन्स हलमा संघ मा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू