अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

साकेला-गौतम सागर राइ

बिआरटीनेपाल २०७३ मंसिर २९ गते ८:४९ मा प्रकाशित

 

सोल्टिनी यो उधौलिमा पनि
सगै साकेला सिली टिप्न पाइएन
यादहरु आए बुट्टे चौबन्दिको
तुनामा खिलेको बिनायो बजाउनु
अनी सम्झनु यो पल्टने सोल्टिलाई
कुनै पल ढोल झ्याप्टाको तालमा
सोइ ढोले र होइ ढोलेको
तालमा सगै सिली टिपेको
बुढो सिमलको रुखलाई
घुमी घुमी नाचेको
तीन चुलो साछी राखी
सुम्मिमा र पारुहाङ पुजेको !

 

हो सोल्टिनी !!
तान बुन्ने खियामालाई पनि
भनिदिनु , सधै यसरि जिबन
बुनिरहनु !
हाम्रो पुर्खाहरुले गाडेको
खाबोको डोप ,जस्तै
मेरा पाइलाहरु बाटो र
दोबाटोमा मेटिए
स्याउलाको भाचिप
ढुङ्गाले थिचिराखेको छु ।
चिन्ठो मा भरिराखेको मदिवा (जाड्)
बास्दै गरेको सारिवाप (भाले )
चिङगा हेर्न राखेको वादी (कुकुराको अन्डा )
भनिदिनु बिजुवा बाजे लाई
निनाम्मा सग आशिर्बाद मागिदिनु !

 

हो सोल्टिनी !
यो साल यस्तै भयो
अर्को उधौलिमा
सगै साकेला नाचौला ।

 

प्रतिक्रिया