अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

अफगानिस्तानबाट गोर्खा सैनिकहरु बेलायत फर्किए

बिआरटीनेपाल २०७३ मंसिर २६ गते २२:४६ मा प्रकाशित

रोशन मेवाहाङ्ग, कावुल, मङ्सिर २७ । उत्तर अटलांन्टिक संङ्घठन नेटो प्रतिनिधिका रूपमा अफगानिस्तानको राजधानी कावुलमा शान्ति सुरक्षार्थ खटिरहेका बेलायती गोर्खा सैनिकहरु आफ्नो मिसन सफलता पूर्वक समाप्त गरी बेलायत फर्किएका छन् ।

अटलांन्टिक सङ्घठनको आह्वानमा बेलायती गोर्खा सैनिकहरु गार्ड एन्जल,विमान सुरक्षा र अफगान सैनिकलाई सुरक्षा सम्बन्धित प्रशिक्षणका लागि ८ महिना खटिएका थिए । गणपति लेप्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएका दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भ देखि नै नेटो सङ्घठनबाट त्यहाँ खटिएका विभिन्न प्रतिनिधिहरूलाई सुरक्षा प्रदान गर्दै आएका थिए ।

बेलायतस्थित व्रिगेड अफ गोर्खाजमा हाल करिब तिन हजार पाँच सय गोर्खा सैनिकहरु रहेको सैनिक प्रमुख कार्यलयले जनाएको छ । कावुलमा शान्ति स्थापनाका लागि खटिएका करिब तिन सय गोर्खा सैनिकहरु सकुसल फर्किरहेका स्वास्थ्य विभागका एक गोर्खा अधिकारीले जानकारी गराएका छन् ।

उक्त बटालियन अर्को मिसन अन्तर्गत आगमी जुलाई अन्तिममा चार वर्षका लागि ब्रुनाई राजपरिवारका सुरक्षाकालागि प्रस्थान गर्नेछन् ।

मिसन अवधिभर सेवामा कर्तव्यनिष्ट भई उदाहरणीय काम गरेकोमा जेनेरल थोमशले धन्यवाद दिँदै उनले भने–‘सैनिक लगनशिलता, मेहनत, अनुशासन, कर्तव्यपरायण रणभूमिमा अति नै महत्त्वपूर्ण हुन्छ’ ।
सुरक्षामा खटिदा साहस र उच्च मनोबल लिई द्घढ इच्छा शक्तिका साथ अगाडि बढ्न र सघर्षको कदर गर्दै विशिष्टीकृत सैनिकलाई अभिनन्दन कदरपत्रले सम्मान गरेका थिए ।

उक्त गोर्खा बटालियनका मोरङ्ग ,लक्ष्मिमार्ग निवासी कर्पोरल दिल सुब्बाले भने– ‘आफू गोर्खा सैनिक भएर रणभूमिमा तैनाथी हुँदा हरेक नेपालीहरूको नाम विश्वसामु उच्च भएको महसुस हुन्छ ।’ कावुलस्थित विभिन्न गैरसैनिक कम्पनीहरुमा कार्यरत नेपाली तथा विदेशीहरूले गोर्खाली सैनिकहरु मिसनमा रहदा आफू तथा आफ्ना कम्पनीलाई सुरक्षाको पूर्णरुपमा विश्वस्त हुने एक विदेशी नागरिकले बताए ।

दोस्रो गोर्खा रेजिमेन्टका गोर्खा सैनिकहरु विगत ६ वर्ष पछि अफगानिस्तानको कावुलमा सन् २०१६ अप्रिलबाट सुरक्षामा खटिरहेका हुन् । यस अवधिभर विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूले पनि आफ्नो अभिभावकको रूपमा गोर्खा सैनिकलाई लिईएका बताए ।

नेपालीहरूको महान् चाँड बडा दसैँ भव्यरुपमा गोर्खा सैनिकहरु सँग मनाउन पाएको सायद यो नै पहिलो र अन्तिम पल्ट हुन सक्ने झापा निवासी गायक चेतन भट्टराईले गोर्खा सैनिकहरु सँगको अन्तिम दिवाभोजमा बताए ।

‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउछ ’ भने झैँ संयोगवस दन्द्घले रुमलिएको रणभूमिमा गोर्खा सैनिकहरु सँग भेट भएका कावुलमा कार्यरत नेपालीहरू पनौतीका भुतपूर्व सैनिक दीपक बस्नेत, सुनसरीका भुतपूर्व प्रहरी नायव निरिक्षक पुष्पविक्रम मल्ल, पाचँथरका चन्द्र श्रेष्ठ, झापाका हरि मैनाली, गोर्खाका एलन गुरुङ्ग, धादिङ्गका अनिष तामाङ्ग, आइतराम तामाङ्ग, दार्जिलिङ्ग निवासी कर्मछिरीङ्ग भुटिया, कमलप्रकाश ओली, काठमाण्डौंका परिर्वतन पोख्रेल लगायतले गोर्खा सैनिकहरुको फिर्ति सवारीले आफुहरुलाई ज्यादै मर्माहित बनाएको बताए ।

अफगानिस्तानमा कार्यरत गोर्खा सैनिकहरु आउने मङ्गलवार राति लण्डनको सैनिक विमानस्थलमा अवतरण हुने छन् । सोही दिन केन्टस्थित फोक्सट्न गोर्खा सैनिक बेस क्याम्पमा सैनिक तथा परिवार सहित भव्य समारोहको आयोजना गरिने बताएको छ । उक्त समारोहमा स्वागत तथा दिवाभोजको कार्यक्रम पनि रहेको जानकारी स्रोतले दिएको छ ।

डिसेम्बर १५ बिहीबारका दिन नेटो सङ्गठन कावुलमा सुरक्षार्थ खटिदा ईमान्दारी, बहादुरी एवम कर्तव्यनिष्ठ भई रेजिमेन्टको मिसनलाई सफलता पूर्वक सम्पन्न गरिएको उपलक्ष्यमा उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन कदर पत्र प्रदान गरिने छ ।

बटालियनको तालिकामा आगामी मार्च १४ का दिन भव्य समारोहका साथ मेडल परेड खेल्ने जनाएको छ । उक्त दिन अफगानिस्तानबाट फर्किएका सम्पूर्ण गोर्खा सैनिकहरुलाई नेटो मेडल प्रदान गरिने उल्लेख गरेका छन् । त्यसै समारोहमा दन्द्ध ग्रसित राष्ट्रहरु अफगानिस्तान, इराक, सेरालियोन जस्ता मुलुकमा ७२० दिन अहोरात्र सुरक्षामा खटिएका केही सैनिकहरुलाई अति विशिष्ट पदक ९अकुमुलेटेड क्याम्पेन सर्भिस मेडल० प्रदान गरिने स्रोतले जनाएको छ ।

जुन मेडल चाँदिद्वारा जडित ३० मिलीमिटर मोटाईमा बनेको हुन्छ । उक्त मेडलको स्थापना सन् १९९४ भए पनि यसलाई पुनः सन् २०११मा संशोधन गरिएको थियो । सन् २००८ जनवरी भन्दा अघि यो पदक प्राप्त गर्न हरेक सैनिकले दन्द्ध ग्रसित राष्ट्रहरूमा १०८० दिन सेवा गरेको हुनु पर्दथ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू