अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

अाेलीकाे प्रश्न-चुनाव गर्न संविधानकाे कुन धाराले दिएन?

बिआरटीनेपाल २०७३ मंसिर २६ गते १९:४५ मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान संशोधन भन्दा सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । अनेरास्ववियूले आइतबार गरेको विचार गोष्ठीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो आग्रह गरे ।

“निर्वाचनमा जान संविधानको कुन धाराले दिएन, त्यो धाराको संशोधनको प्रस्ताव सरकारले ल्याओस् एमाले त्यसमा सहयोग गर्न तयार छ” भन्दै अध्यक्ष ओलीले देश र जनतालाई नै घात हुनेखालको संशोधनमा एमाले सहयोग गर्दैन भने । राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र र देशको समृद्धिका लागि एमाले सदैव लाग्ने र त्यसमा षडयन्त्र भए एमालेले परास्त गर्ने बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भने , “अहिलेसम्म पूर्खाले यो देशलाई जोगाएर यहाँसम्म ल्याए, अब हाम्रो पालामा तलमाथि हुन हामी दिंदैनौं ।” देशलाई विखण्डनतिर लग्ने प्रयास भइरहेको उनले आशंका व्यक्त गरे, आजको गोरखापत्र दैनिकमा  समाचार छ।

प्रतिक्रिया