अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

सुरक्षा प्रमुख र अपराधी एउटै मञ्चमा अतिथी, सुरक्षाकर्मीलाई छल्दै फेरि फरार

बिआरटीनेपाल २०७३ मंसिर २६ गते १९:११ मा प्रकाशित

हत्या डकैती र मुद्दामा अदालतबाट सजाय तोकेपछि फरार भई प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका कपिलवस्तु जिल्लाको पिपरा गाविसका नमिस खाँ सुरक्षा निकाय प्रमुखकै अगाडिबाट फरार हुन सफल भएका छन्। आइतबार जिल्लाको पिपरा गाविसमा एक कार्यक्रम थियो। पिपराको बुलाहिडवामा राखेको खुला दिशामुक्त घोषणा कार्यक्रममा आयोजकले नसिम खाँलाई पनि बोलाएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल, प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्र प्रहरी उपरीक्षक सुदेश गुरुङ लगात जिल्लाका सांसदसँगै खाँलाई पनि आसन ग्रहण गराइएको थियो।

एक घन्टाभन्दा बढी समय मञ्चमा बसेका खाँलाई प्रहरीले पक्राउ गर्ने योजना समेत बनायो । तर, त्यसको सुइँको पाएपछि उनले कार्यक्रम सञ्चालकसँग माइक खोसेर आफूलाई बचाउन स्थानीयसँग आग्रह गरे । उनले माइकमा बोल्नेवित्तिकै कार्यक्रममा सहभागिमाझ खैलाबैला मच्चियो। त्यसको केहीबेरमै उनी गाडीबाट भारततिर भाग्न सफल भए।आजको नागरिक दैनिकमा  समाचार छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू