अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

चिरिप्प लाएसी…..(full song)

बिआरटीनेपाल २०७३ मंसिर २६ गते १५:३१ मा प्रकाशित

चिरिप्प लाएसी…..(full song)

स्वर:C.D Vijaya Adhikari
सङ्गीत:Dhanu Gyangmi
शब्द:Rakesh Kafley
Presented by CDM Music Creation.

गजल:
ढल्किन्दै गयो रात चिरिप्प लाएसी
छल्किन्दै गयो मात चिरिप्प लाएसी।

भट्टी वालनी सानीको नसालु हेराईले
चिप्लिन्दै गयो बात चिरिप्प लाएसी।

छल्काउदै बैँस त्यो नजरले निम्ताएसी
लम्किन्दै गयो हात चिरिप्प लाएसी।

गफै-गफमा एक-दुई बोतल रित्यसी
साथी-भाइले गरे घात चिरिप्प लाएसी।

मिरमिरे उज्यालीमा हेर्दा त आफू एक्लै गाँठे
प्रियासीले छाडिछिन् साथ चिरिप्प लाएसी।

प्रतिक्रिया